२०८२ भदौ २८ गते शनिवार / Sep 13 , 2025 , Saturday
२०८२ भदौ २८ गते शनिवार
Ads

ज्योति विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न

shivam cement
मध्यान्ह
२०८१ पुष २९ गते २१:०८
ज्योति विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं : ज्योति विकास बैंक लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुष २९ गते, सोमबार बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको हो । उक्त सभामा बैंकका सञ्चालक समितिका सदस्यहरू, भूतपूर्व अध्यक्ष तथा सञ्चालकहरू, शेयरधनी, बैंकका विभिन्न पदाधिकारीहरू लगायतको उपस्थिति थियो । बैंकका अध्यक्ष हरिचन्द्र खड्काले पानसमा दीप प्रज्वलन गरी औपचारिक रूपमा सभाको शुभारम्भ गरेका थिए ।

उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ । साथै, साधारण सभाले ज्योति विकास बैंकको संस्थापक शेयरधनी समूहको तर्फबाट  हरिचन्द्र खड्का, रामकुमार श्रेष्ठ र सन्तोष अधिकारी तथा सर्वसाधारण  शेयर धनी समूहको तर्फबाट  ध्रुव कोइराला र  नरेशराज आचार्यलाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।

साधारण सभामा बैंकका अध्यक्ष  खड्काले वार्षिक प्रतिवेदन संक्षेपमा प्रस्तुत गरेका थिए । यसैगरी, सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले समीक्षा अवधिमा बैंकले हासिल गरेका मुख्य उपलब्धिहरूको जानकारी गराएका थिए । साथै, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा विभिन्न शेयरधनीहरूले आ–आफ्ना जिज्ञासा र सुझावहरू व्यक्त गरेका थिए । शेयरधनीहरूबाट आएका उक्त जिज्ञासाको जवाफ अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत ढकालले दिएका थिए ।

यसका साथै सभा सम्पन्न भए पश्चात् बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयर धनी समूहका तर्फबाट सञ्चालकमा निर्विरोध निर्वाचित हरिचन्द्र खड्कालाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको छ । श्री खड्का बैंकको निवर्तमान सञ्चालक समितिमा समेत अध्यक्षको भूमिकामा रहेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise