२०८१ माघ १ गते मङ्गलवार / Jan 14 , 2025 , Tuesday
२०८१ माघ १ गते मङ्गलवार
Ads

मुक्तिनाथ विकास बैंकको साधारण सभा सम्पन्न

ADV
मध्यान्ह
२०८१ पुष २९ गते २१:०९
मुक्तिनाथ विकास बैंकको साधारण सभा सम्पन्न

काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडको अठारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरामा सोमबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ भने प्रति शेयर एक सय रूपैयाँका दरले १ अर्ब बराबरको मुक्तिनाथ ८.५ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार सेयर सम्बन्धित नियमानकारी निकायको स्वीकृति पश्चात जारी गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ ।

यसैगरी आव २०८१/०८२ का लागि लेखापरीक्षकको नियुक्ति, काठमाडौंको लाजिम्पाटमा निर्मित भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने लगायतका प्रस्ताव समेत पारित भएको छ । बैंकले साधारण सभाको अवसरमा बैंक स्थापना गर्न योगदान पुर्‍याउने ३० जना संस्थापक लगायत अन्य सेयरधनी एवं सञ्चालक सदस्यहरूलाई सम्मान समेत गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise