२०८१ माघ १ गते मङ्गलवार / Jan 14 , 2025 , Tuesday
२०८१ माघ १ गते मङ्गलवार
Ads

वर्णबास होटलले आईपीओ निष्कासन गर्ने

ADV
मध्यान्ह
२०८१ पुष २९ गते २१:१८
वर्णबास होटलले आईपीओ निष्कासन गर्ने

काठमाडौं : वर्णबास म्युजियम होटलले सार्वजनिक शेयर आईपीओ निष्कासन गर्ने भएको छ । पाँचतारे वर्णबास म्युजियम होटलको पहिलो साधारण सभाले आईपीओ निष्कासन गर्न स्वीकृति दिएको छ ।

गैह्रीधाराको होटलले सर्वसाधारणलाई लगानी गर्ने अवसर दिन सोमबार सम्पन्न साधारण सभाले करीब ४० प्रतिशत शेयरको आईपीओ निष्कासन गर्ने निर्णय गरेको हो ।

होटललाई जनताको विश्वास प्राप्त गर्ने लगानीको आकर्षक क्षेत्र बनाउने होटलका अध्यक्ष तथा सांसद राजेन्द्र बजगाईंले जानकारी दिए ।

उनका अनुसार होटललाई सांस्कृतिक विविधता र एकतासँग जोड्दै ४ वर्ण र ३६ जातको फूलबारीको रूपमा व्याख्या गरिएको छ । 

होटलका हरेक तला र कोठाको शृंगार नेपालका विभिन्न संस्कृति र जातजातिको विशेषता प्रतिबिम्बित हुने गरी गरिएको तथा होटलको कौशीमा सगरमाथा, ल्होत्से र नुप्त्से हिमालको आकृति बनाइएको जनाइएको छ ।

वर्णबास म्युजियम होटल नेपालको एक मात्र म्युजियम होटल, सांस्कृतिक सम्पदा र लक्जरीको अद्वितीय संयोजन रहेको बताइएको छ ।

साधारण सभाले स्वीकृति दिएपछि होटलले अब आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाउनेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise