२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

भाटभटेनीलाई दश हजार जरिवाना

Nada
२०८१ माघ १ गते २०:०३
Shares
भाटभटेनीलाई दश हजार जरिवाना

ललितपुर : संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोबाटोको भाटभटेनीलाई दश हजार जरिवाना गरेको छ । 

ncell

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेको नेतृत्वमा खटिएको संयुक्त बजार अनुगमन समितिले सोमबार अनुगमन गर्दा भाटभटेनीमा म्याद उल्लेख नगरिएको तथा मापदण्डअनुसार प्याकेजिङ समेत नगरिएको इम्लीको अचार फेला परेको थियो । 

‘म्याद उल्लेख नगरिएको इम्लीको आचार भेटिएपछि एउटा प्याकेज गुणस्तर जाँचका लागि पठाउने बाँकी अचार जफत गरिएको छ । हामीले अहिले सचेतनाका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ बमोजिम दस हजार मात्रै जरिवाना गरिएको छ’सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले भनिन् । 

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार बजार अनुगमन गर्दा सोही बुँदामा पाँच लाखसम्म जरिवाना गर्न सक्ने अवस्था रहेको उपभोक्ता हीत संरक्षण मञ्च ललितपुरका अध्यक्ष ध्रुबलाल तण्डुकारले जानकारी गराए । 

त्यस्तै, संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोवाटोको मकवानपुर फष्टफुड र ए टु जेड स्टोरमा समेत अनुगमन गरी देखिएका कमजोरी सुधार्न सचेत गराएको अनुगमन समितिका सदस्य एवम् नेपाल पत्रकार महासंघका अध्यक्ष रामहरि कार्कीले जानकारी गराए । 

मकवानपुर फास्टफूडले स्थानीय तहमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको र ए टु जेड स्टोरले मुल्यसूची नराखेको पाइएको थियो । 

हरेक हप्ता फरकफरक ठाउँमा छड्के बजार अनुगमन गर्दै आएको संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले हात्तीवनस्थित अपार भेजिटेवल सस उद्योगलाई पचास हजार रुपैयाँ जरिवाना गराएको उद्योग तथा वाणिज्य कार्यालय ललितपुरका भानु पाण्डेले जानकारी गराए । 

ताजा खबर

सम्बन्धित खबर