२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

मध्यान्ह
२०८१ माघ २ गते २०:४१
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं : नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ ।

मुल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ६५ र डिजेल तथा मट्टितेल एक सय ५६ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

इण्डियन आयल कर्पोरेसनबाट बुधबार दिउँसो पेट्रोलको खरिद मुल्य २.२४ रुपैयाँ र डिजेलको खरिद मुल्य ३.५५ रुपैयाँ प्रतिलिटर बढेर आएकाले नेपाली बजारमा मूल्य बढाइएको निगमले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

निगम सञ्चालक समितिको निर्णयानुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बुधबार राति १२ बजेपछि लागू हुनेछ ।

ADV

सम्बन्धित खबर