काठमाडौं : कजारिया रमेश टायल्स लिमिटेडले डिलर्स मीट आयोजना गरेको छ । बुधबार काठमाडौंमा एक समारोहको बीचमा कम्पनीले डिलर्स मिट आयोजना गरेको हो । उक्त विशेष कार्यक्रममा नेपालभरीबाट एक सय भन्दा बढी डिलरहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा कजारिया सिरेमिक्स लिमिटेड इंडियाका संयुक्त प्रबन्ध निर्देशक चेतन कजारिया र ऋषि कजारियाले उपस्थित भएर सम्बोधन गरेका थिए । साथै उनीहरूले डिलरहरूसँग सक्रिय संवाद पनि गरेका थिए । साथै डिलरहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउन भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने योजना व्यक्त गरेका छन् ।
कार्यक्रमको प्रमुख आकर्षण कजारिया रमेश टायल्स लिमिटेडको नयाँ अन्तर्राष्ट्रिय गुणस्तरको सिरेमिक वाल टायलको सार्वजनिक प्रदर्शन गरिएको थियो । नेपालमा पहिलो पटक यसलाई प्रस्तुत गर्दै, कजारिया रमेश टायल्स लिमिटेडले बजारमा ५० भन्दा बढी विशेष र स्टाइलिश डिजाइनहरू ल्याएको जनाएको छ ।
कजारियाले डिलरहरूका लागि अर्डर बुकिङ योजना सुरु गरेको छ, जसमा अर्डर गर्ने डिलरहरूलाई सुन र चाँदीका पुरस्कार दिइने कम्पनीले जनाएको छ । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो विदेश यात्रा योजनाका विजेता पनि घोषणा गरेको छ, जसमा उत्कृष्ट प्रदर्शन र योगदान देखाएका २५ जना डिलरलाई जापानको, १३ जना डिलरलाई थाइल्याण्डको र ६ जना डिलरलाई सिंगापुरको लागि टिकट वितरण गरिएको थियो ।