काठमाडौं : टेक्नोले ‘बोर्न टु डोमिनेट’ भन्ने नारासहित टेक्नो फ्यान्टम भी फोल्ड टु फाइभ–जी नेपाली बजारमा सार्वजनिक गरेको हो ।
कम्पनीकाअनुसार फ्यान्टम भी फोल्ड टु ले अत्याधुनिक प्रविधि र उत्कृष्ट डिजाइको संयोजन प्रदान गरेको कम्पनीले जनाएको छ । फोनमा ५० एमपी क्यामेरा, अल्ट्रा–वाइड र टेलीफोटो लेन्स रहेको छ ।
साथै, ४ लाख पटक फोल्ड गर्न सकिने टिकाउपनले फोनलाई लामो समयसम्म प्रयोग गर्न उपयुक्त बनाएको छ । टेक्नोले यो फोल्डेबल फोनलाई नेपाली ग्राहकहरूको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बजारमा उतारेको दाबी गरेको छ । किफायती मूल्यमा अत्याधुनिक प्रविधि चाहने ग्राहकहरूको लागि यो एक उत्कृष्ट विकल्प हुने कम्पनीको भनाइ छ ।