२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

अर्थमा सहसचिवहरूको जिम्मेवारी हेरफेर

ADV
मध्यान्ह
२०८१ असार ११ गते १७:५५
अर्थमा सहसचिवहरूको जिम्मेवारी हेरफेर

काठमाडौँ : अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ । बजेट महाशाखा प्रमुख पद रिक्त भएपछि उक्त पदमा सहसचिव नरेन्द्र रानालाई सरुवा गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा रितेश शाक्यविरुद्ध मुद्दा दायर गरेपछि उक्त पद रिक्त रहेको थियो । 

प्रशासन प्रमुख रहेका नारायण सापकोटालाई दुई हप्ता नबित्दै महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गर्दै प्रशासन प्रमुखमा रामप्रसाद आचार्यलाई सरुवा गरेको छ ।

मन्त्रालयमै सहसचिव रहेकी सुशीला अर्यालको महालेखा नियन्त्रक कार्यालयमा सरुवा भएको छ । भन्सार विभागको उपमहानिर्देशकका रूपमा  सहसचिव रामकुमार महतो आएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise