काठमाडौं : सडक निर्माणका क्रममा मीटर र फिटको मापन र सिमेण्ट, वालुवा र अलकत्राको गुणस्तर मिलाएर चिल्लो र बलियो वनाएर उपभोक्ताहरुलाई सुबिधा दिने कार्यमा तल्लिन एउटा प्राविधिक ब्यक्तित्व गीत संगीतमा पनि उत्तिकै माहिर, सरस र मन्त्रमुग्ध पार्न निपूर्ण होलान् भनेर पत्याइ हाल्न गाह्रै पर्छ । तर ईन्जिनियर देवकुमार तामाङ आफ्नो प्राविधिक पेशामा जस्तै गायकीमा पनि निपूर्ण पाइन्छन् । उनको गायन कला निकै ओजपूर्ण र परिस्कृत छ । केहि समय अगाडि गायक एवं इन्जिनियर देवकुमार तामाङको नयाँ गीत सार्वजनिक भएको थियो । गायक तामाङ र मेलिना राईको स्वरमा 'तिमी पहरा' बोलको गीत सार्वजनिक भएको हो । पेशाले ईन्जिनियर भएपनि तामाङ गायनमा समेत सक्रिय छन् ।
काभ्रेको बनेपा नगरपालिका बासडोल निवासी गायक तामाङले यसअघि पनि थुप्रै गीतमा स्वर दिइसकेका छन् । उनले स्वर दिएका गीत 'न त आँखा थाक्छन् कहिल्यै', 'अब पक्कै', 'जहाँ जहाँ बिझे पनि', 'कति कुरा यहाँ' र 'ङान्नामी बासडोल नामसारी' (स्थानीय टिपिकल तामाङ जुहारी) रहेका छन् ।
हाल सार्वजनिक भएको 'तिमी पहरा'मा वरिष्ठ गीतकार टेकबहादुर तामाङको शब्द, संगीतकार कन्काइस्ट राईले संगीत रहेको छ भने सहास शाक्यले संगीत संयोजन गरेका छन् ।
गीतको भिडियोमा नम्रता श्रेष्ठ र कुन्साङ तामाङले अभिनय गरेका छन् । निकेश खड्काको निर्देशनमा बनेको भिडियो बुद्ध थापाले छायांकन र बिकाश धमलाले सम्पादन गरेका हुन् ।
गीतमा प्रेमी प्रेमिका दुवै जना अध्ययनका लागि विदेश जाने तयारीमा रहँदा भिसा नलागेपछिको कथालाई देखाइएको छ । प्रेमिल भावमा बनेको उक्त गीतको भिडियोमा नम्रता श्रेष्ठ र कुन्साङ तामाङले अभिनय गरेका छन् ।
हेर्नुहोस् गीतको भिडियो :
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies