२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रूरूक्षेत्र गाउँपालिकाको बजेट ५६ करोड ९१ लाख

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार ११ गते २०:२४
रूरूक्षेत्र गाउँपालिकाको बजेट ५६ करोड ९१ लाख

गुल्मी : गुल्मीको रूरूक्षेत्र गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेको छ । बजेटमा भौतिक पूर्वाधार, कृषि, शिक्षा, खानेपानी, पर्यटन, विपद् व्यवस्थापन र स्वास्थ्य क्षेत्र प्राथमिकतामा परेका छन् । 

गाउँसभाको १६ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमले आगामी आर्थिक वर्षका लागि कूल ५६ करोड ९१ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

गाउँपालिका उपाध्यक्ष गौतमले संघीय सरकारबाट प्राप्त ७ करोड ६३ लाख रुपैयाँ, लुम्बिनी प्रदेश सरकारबाट ३५ लाख ९९ हजार रुपैयाँ, गाउँपालिकाको आम्दानी १ करोड ३९ लाख २८ हजार रुपैयाँ र र विभिन्न शिर्षकबाट ३ करोड ३९ लाख रुपैयाँ गरी ५६ करोड ९१ लाख ७८ हजार रुपैयाँको बजेट बजेट सार्वजनिक गरेका हुन् । 

कुल ५६ करोड ९१ लाख ७८ हजार बजेटमध्ये चालु खर्च ३७ करोड ६६ लाख ८८ हजार छुट्याइएको छ भने पुँजीगत खर्च १८ करोड २४ करोड ८० हजार विनियोजन गरिएको छ । बजेट पेश हुनुअघि गाउँपालिका अध्यक्ष ज्ञवालीले नीति तथा कार्यक्रम पेश गरेका थिए । 

गाउँपालिकाले ल्याएको बजेटमा शिक्षाको लागि ३ करोड २४ लाख ९० हजार रुपैयाँ, स्वास्थ्यमा १ करोड १९ लाख ७० हजार रुपैयाँ, उद्योग तथा वाणिज्यको लागि २० लाख रकम विनियोजन गरेको छ ।

गाउँपालिकाले गाउँपालिका स्तरीय एक घर एक धारा कार्यक्रम सञ्चालन गरी सबै नागरिकको घरघरमा खानेपानीको सेवा उपलब्ध गराउन आवश्यक बजेटको व्यवस्था गरिएको  प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए  ।

यस्तै गाउँपालिकाभित्रका धार्मिक सांस्कृतिक क्रियाकलापलाई प्रवद्र्धन गर्नको लागि विभिन्न मठ मन्दिर निर्माण तथा मर्मत सम्भारको लागि आवश्यक रकम विनियोजन गरेको छ । गाउँपालिकाले ऐतिहासिक धार्मिक क्षेत्र रुरुक्षेत्र पूर्वाधार निर्माणको लागि १ करोड १३ लाख रकमको व्यवस्था मिलाएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए ।

गाउँपालिकाले विनियोजन गरेको बजेटमा सबै नागरिकलाई विद्युत सेवाको सुनिश्चित गर्न न्यूनतम २० युनिटसम्मको विद्युत महसुल गाउँपालिकाबाट भुक्तानी गर्ने भएको छ, जसको लागि १५ लाख रकम छुट्टाइएको गाउँपालिका उपाध्यक्ष गौतमले बताए । 

यस्तै खेलकुद क्षेत्रलाई चलायमान गराउन ५ लाख रकम व्यवस्थापन गर्दा खेलकुद प्रवर्द्धनका लागि १० लाख ५५ हजार रकम विनियोजन गरेको छ ।

जेष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालनको लागि ३ लाख रकम विनियोजन गरेको जनाएको छ । यसैबीच गाउँपालिकाले लागत साझेदारीमा रुरु कृषि परियोजना सञ्चालनको लागि १ करोड १५ लाख बजेट विनियोजन गर्दा कृषि तथा पशु विकास सम्बन्धी कार्यक्रमको लागि ८४ लाख रुपैयाँ तथा कृषकसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालनको लागि ६ लाख रकम विनियोजन गरेको छ ।

गाउँपालिकाले विभिन्न महामारी, रोगको रोकथाम तथा प्रकोप नियन्त्रणको लागि विपद व्यवस्थापनको स्थापना गर्न ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise