२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेपाल एसबीआई बैंकको सीईओ बने तिवारी

Nada
२०८१ माघ ३ गते २१:२५
Shares
नेपाल एसबीआई बैंकको सीईओ बने तिवारी

काठमाडौं : नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्रबन्ध सञ्चालकमा रामकुमार तिवारी नियुक्त भएका छन् । उनलाई भारतीय स्टेट बैंकले नेपालका लागि सीईओ बनाएको हो । उनलाई माघ ३ गते बसेको सञ्चालक समितिको ५२४औँ बैठकले नेपाल एसबीआई बैंकको सीईओमा नियुक्त गरेको हो ।

ncell

उनको कार्यकाल बिहीबारबाट नै सुरु भएको जनाइएको छ । यसअघि पनि उनी भारतीय स्टेट बैंकमा नै कार्यरत थिए । यसअघि सो बैंकको सीईओमा दिपक कुमार दे कार्यरत रहेका थिए । कार्यकाल सकिएसँगै उनलाई भारतीय स्टेट बैंकले फिर्ता बोलाएको छ । तिवारी १७ वर्षदेखि भारतीय स्टेट बैंक अफ इन्डियामा कार्यरत छन् । उनी हाल उक्त बैंकको जनरल म्यानेजर हुन् ।

ताजा खबर

सम्बन्धित खबर