२०८१ माघ ४ गते शुक्रवार / Jan 17 , 2025 , Friday
२०८१ माघ ४ गते शुक्रवार
Ads

क्रेस्ट माइक्रो लाइफले पायो आईपीओ निष्काशन अनुमति

hardik ivf
मध्यान्ह
२०८१ माघ ३ गते २१:२६
क्रेस्ट माइक्रो लाइफले पायो आईपीओ निष्काशन अनुमति

काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको छ । बिहीबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ गते शेयर निष्काशनको अनुमति दिएको हो । कम्पनीले २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता निष्काशनको अनुमति पाएको जनाएको छ । 

प्रति कित्ता एक सय रूपैयाँमा शेयर निष्काशन हुनेछ । शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी नेपाल बीमा प्राधिकरणबाट लघु जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त संस्था हो ।

ADVADV

सम्बन्धित खबर

Advertise