२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

बझाङमा ४४ मानव अधिकार उल्लंघनका घटना

ADV
मध्यान्ह
२०८१ असार ११ गते २०:२७
बझाङमा ४४ मानव अधिकार उल्लंघनका घटना

बझाङ : नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि संकलन गरिएका मानव अधिकार उल्लंघनका घटनाहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम चैनपुरमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सत्यराज सिंहले सन् २०२४ जनावरीदेखि जुनसम्म संकलन गरिएका मानव अधिकार उल्लंघनका ४४ वटा घटना प्रस्तुत गरेका थिए ।

बहुविवाहका ४ वटा, जजकका ८ वटा, घरेलु हिंसाका ३२ वटा घटनाहरु प्रस्तुत गरेका थिए । ६ महिनाको तथ्यांक अनुसार बझाङमा सबै भन्दा बढी घरेलु हिंसाका घटना रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले इन्सेकले गरेको मानव अधिकार उल्लंघनका घटनाको अभिलेखले मानव अधिकार संरक्षणमा ठूलो सहयोग पु¥याएको बताए । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख (डिएसपी) भरत शाहले भौगोलिक विकटताका बाबजुद पनि इन्सेकले मानव अधिकार वर्ष पुस्तकका लागि तथ्यमा आधारित भएर घटना संकलन गरेर सराहनीय कार्य गरेको बताए । कार्यक्रममा बोल्दै शाहले पहिले भन्दा पछिल्लो समय जिल्लामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरूको न्यूनीकरण भएको उनले बताए । 

नागरिक समाजका अगुवा धर्मजंग सिंहले इन्सेकले संकलन गरेका घटना यथार्थ भएको र मानव अधिकार उल्लंघन सम्बन्धिका घटना न्यूनीकरणका लागि इन्सेकले समुदायस्तरमा जनचेतना मुलुक तालिम वा गोष्ठी गर्न इन्सेकलाई सुझाव दिए । 

जिल्लामा हुने र भएका मानव अधिकार उल्लंघन, ज्यादती र अपराधका घटनालाई न्यूनीकरणमा इन्सेकको ठूलो भूमिका रहेको प्रशंसा गर्दै आगामी दिनमा थप पहलकदमी चाल्न गैरसरकारी संस्था महासंघ बझाङका अध्यक्ष लवराज जोशीले अनुरोध गरे । ग्रामीण क्षेत्रमा अझै कानूनी सचेतना जगाउनुपर्नेमा अधिकारकर्मी अस्मिता सिंहले जोड दिइन् । 

‘घरेलु हिंसा न्यूनीकरण संजाल’ लाई गाउँघरमा सक्रिय बनाउनुपर्ने उनले बताए । हिंसाका घटना न्यूनीकरणका लागि विद्यालय स्तरमा पनि सचेतनामुलक कार्यक्रममा जोड दिनुपर्ने पत्रकार महासंघ बझाङका सचिव ललित सिंहले बताए । मदिराले गर्दा घरेलु हिंसाका घटनाहरु भइरहेकाले मदिरा नियन्त्रणमा सबैले हातेमालो गर्नुपर्ने पूर्व इन्सेक प्रतिनिधि रमेश केसीले बताए । लागुपदार्थ र मदिराजन्य पदार्थको सेवनले पनि घरेलु हिंसाको घटना बढाएको कार्यक्रमका सहभागीहरुले बताएका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise