२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने चेम्बरको तयारी

Nada
२०८१ माघ ४ गते २१:०१
Shares
आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने चेम्बरको तयारी

काठमाडौं : आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने चेम्बरको तयारी नेपाल चेम्बर अफ कमर्सले आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने भएको छ । सरकारले अध्यादेश मार्फत् लगानी सहजीकरण गरेपछि चेम्बरले आईटी उद्योगमा लगानी एवं अन्तर्राष्ट्रिय बजारमा सहजीकरण गर्नेगरी रणनीतिक लक्ष्य तय गरेको हो ।

ncell

आईटी, सफट्वेर एण्ड टेक्नोलोजी समिति मार्फत् चेम्बरले आईटी उद्योगमा लगानीको खोजी एवं उद्यमशिलता विकासका लागि पहल गर्नेछ । चेम्बरले यसका लागि आईटी उद्यमीहरुसँग एकचरण छलफल समेत गरिसकेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा आर्थिक विकास र समृद्धिका लागी आईटी उद्योगको सम्भावना उच्च भएकाले लगानीका लागि सहजीकरण गर्न लागिएको बताए ।

उनले भने, ‘नेपालमा विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण श्रोत अब आइटी उद्योग हो, सरकारले पनि आगामी १ दशकमा वार्षिक ३० खर्व भित्र्याउने लक्ष्य सहित कार्ययोजना तय गरेको छ, सूचना प्रविधि उद्योगको विकासका लागि लगानी जुटाउने देखि अन्तर्राष्ट्रिय बजारमा चेम्बरले सहजीकरण गर्नेछ ।’

सर्वसाधारणको लगानी जुटाएर आईटी उद्योगको स्थापना गर्न सकिने अध्यक्ष अग्रवालको भनाई छ । अन्तर्राष्ट्रिय आईटी उद्योगका लागि नेपालको जनशक्ति तुलनात्मक रूपमा केही सस्तो पर्न जाने भएकाले पनि उपयुक्त अवसरको खोजी गरिनुपर्ने उनले बताए । नेपालका युवाहरूलाई आईटी उद्योगमा सहभागी गराउन नीतिगत सहजीकरण गर्न चेम्बरले भूमिका निर्वाह गर्ने समेत अध्यक्ष अग्रवालले बताए ।

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले पब्लिक प्राइभेट पार्टनरशिपको अवधारणामा कम्पनी खडा गरेर आइटी उद्योगको विकासमा लाग्नुपर्ने बताए । अन्तर्राष्ट्रिय ठूला–ठूला कम्पनीको ब्याकअपका रूपमा स्वदेशमै बसेर काम गर्न सकिने निर्वतमान अध्यक्ष मल्लको भनाइ छ । चेम्बरको आइटी सफ्टवेयर एण्ड टेक्नोलोजी कमिटीका सभापति विज्ञान श्रेष्ठले आईटी उद्योगको विकास र विस्तारका लागि सरकार र निजीक्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए । युवाहरूको नवप्रर्वद्धन आईडीया र सोचलाई सार्थक बनाउन लगानीको पहुँच वृद्धि गरिनुपर्नेमा जोड श्रेष्ठले जोडदिए ।

ताजा खबर

सम्बन्धित खबर