२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

महोत्तरीमा बालविवाह न्यूनीकरण गर्न निबन्ध प्रतियोगिता

ADV
मध्यान्ह
२०८१ असार ११ गते २१:४९
महोत्तरीमा बालविवाह न्यूनीकरण गर्न निबन्ध प्रतियोगिता

काठमाडौं : संयुक्त अधिराज्य अमेरिकास्थित राज्य विभागको आर्थिक सहयोग, सेभ द चिल्ड्रेनमार्फत रतौली युवा क्लवसँगको साझेदारी तथा समाज उत्थान कल्याण संघको सहकार्यमा महोत्तरीमा ‘बालविवाह न्यूनीकरण’ गर्न निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । 

बालविवाह, कम उमेरमा हुने र जबरजस्ती गरिने विवाहविरुद्धको परियोजना अन्तर्गत जलेश्वर नगरपालिकाको ५ वटा माध्यमिक विद्यालयहरुमा निबन्ध प्रतियोगिता सम्पन्न भएको हो । 

श्री सरस्वती माध्यमिक विद्यालय थरुवाहीमा भएको प्रतियोगितामा कामनी साह प्रथम, दिपिका राउत द्धितीय र अंशिका ठाकुर तृतीय भएकी छिन् । 

यस्तै श्री माध्यमिक विद्यालय बखरी भाट्ठमा भएको प्रतियोगितामा कुमारी सदा प्रथम, पप्पु कुमार ठाकुर द्धितीय र रितिक शर्मा तृतीय भएका छन् । 

श्री जनता माध्यमिक विद्यालय पर्वी मलिबारामा भएको प्रतियोगितामा खुश्बु साह प्रथम, ईशा यादव द्धितीय, असगर अंसारी तृतीय भएका छन् । 

यस्तै श्री जानकी परीक्षण माध्यमिक विद्यालय प्रकौलीमा भएको प्रतियोगितामा      राखी चौधरी प्रथम, मेघा चौधरी द्धितीय र प्रिन्स मुखिया तृतीय भएका छन् । 

श्री सुखदेव माध्यमिक विद्यालय सुगामा भएको प्रतियोगितामा संजना दास प्रथम, जानकी झा–द्धितीय र सुजित महतो तृतीय भएका छन् । 

प्रतियोगितामा ५ वटा माध्यमिक विद्यालयमा ८६ जना सहभागी भएका  थिए । प्रतियोगितामा विजयीलाई १ दर्जन कापी, १ पकेट बलपेन, १ पकेट सिसा कलम र १ सेट ज्यामेती बक्स प्रदान गरिएको समाज उत्थान कल्याण संघका अध्यक्ष रुपेश पासवानले जानकारी दिए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise