२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सडक विभागले गरेको पिच रोक्न महानगर प्रहरी न्युरोड पुगेपछि विवाद

ADV
मध्यान्ह
२०८१ जेठ २१ गते १३:२३
सडक विभागले गरेको पिच रोक्न महानगर प्रहरी न्युरोड पुगेपछि विवाद

काठमाडौं : फुटपाथ विस्तारका लागि भन्दै काठमाडौं महानगरपालिकाले काटेको न्युरोड सडकमा सडक विभागले पिच गरेको छ ।

सोक्रममा काठमाडौं महानगरले फुटपाथ विस्तारका लागि भत्काएको पिच टाल्न पुगेका सडक विभागका मजदुर र नगर प्रहरीबीच विवाद भएको छ । 

विभागले सडक पिच गर्न थालेपछि काठमाडौं महानगरबाट नगर प्रहरी न्युरोड पुगेपछि विवाद भएको हो ।

अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरुबीच त्यहीँ छलफल भइरहेको छ ।

काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र बढाउन भन्दै सडकको पिच खनेको थियो । तर डिभिजन सडक कार्यालयले त्यसो नगर्न र पिच जस्ताको तस्तै गर्न महानगरपालिकालाई भनेको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise