२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु

shivam cement
२०८१ माघ ९ गते ११:४७
Shares
टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु

एजेन्सी : टर्कीको एक होटलमा आगलागी हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । आगलागीमा परी ५० जनाभन्दा बढी घाइते भएको टर्कीको गृह मन्त्रालयले जानकारी दिएको छ ।

बोलु प्रान्तको कार्तलकायामा अवस्थित १२ तले ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो । आगलागी नियन्त्रण गर्न १२ घण्टा लागेको थियो ।

टर्कीका कानुनमन्त्रीले यस घटनाको अनुसन्धानका लागि ९ जनालाई नियन्त्रणमा लिइएको बताएका छन् । 

आगलागीपछि कतिपय मानिसहरु आत्तिएर होटलबाट हामफालेका थिए । होटलबाट हामफाल्दा दुई जनाको मृत्यु भएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर