२०८१ माघ १० गते बिहिवार / Jan 23 , 2025 , Thursday
२०८१ माघ १० गते बिहिवार
Ads

कक्षाले फेरियो जीवन

hardik ivf
ललित बोहरा
२०८१ माघ ९ गते २२:५९
कक्षाले फेरियो जीवन

बैतडी : बैतडीको सुर्नया गाउँपालिका ८ ढालेकी कवालती बोहरा अहिले बैठक, गोष्ठी तथा सरकारी र निजी संघ संस्थाका कार्यक्रममा प्रष्ट नडराइकन बोल्न सक्ने भएकी छन् । प्रहरी कार्यालय, गाउँपालिका र वडा कार्यालय लगायतका सरकारी कार्यालयहरुमा कहिले नपुगेकी उनले आफ्नो समस्या र गाउँघरमा महिलाका मुद्दामा आवाज बुलन्द पार्न थालेकी छन् ।

कलावती यतीमा सिमित रहिनन् । साडा नेपालले बैतडीमा सञ्चालन गरिरेको रुपान्तरणीय छलफल समुहमा सहभागि भएपछि महिलाहरुलाई एकजुट बनाएर घरेलु हिसांको मुख्य जडको रुपमा रहेको मदिरालाई नियन्त्रण गर्न लागेकी छन् । उनीहरु जुलुस र नारा लगाउँदै वडा कार्यालय पुगेका थिए । 

सुर्नया गाउँपालिका ८ ले महिलाहरुको दबाब सहन नसकेपछि सूचना जारी गर्दै घर–घरमा बिक्री तथा जुनसुकै बेला बिक्री हुने अवैध मदिरा आधिकारिक बिक्रेतालाई बिक्री गर्ने समय तोक्ने निर्णय गरेको थियो । अहिले मदिराका कारण हुने घरेलु हिंसा लगायतका घटनामा कमी आएको छ ।

जसको उदाहरण हुन् हन्सा वि.क । रुपान्तरणीय छलफल समूह (रिफलेक्ट कक्षा) मा सहभागी सिगास २ की ३० वर्षीया हन्साको जीवनको दैनिकीमा उल्लेख्य सुधार आएको छ । सधैँ मदिरा सेवन गरेर राति मात्र घर आउने उनको श्रीमान अहिले मिलेरसँगै ज्याला मजदुरीको काम गर्छन् ।

‘एक दिन गाउँमा समुह गठन भयो । मदिरा लगायतका विषयमा छलफल हुने भनेपछि म पनि गए । त्यहाँ त कक्षा नै संचालन हुने रहेछ । कक्षा नियमित लिन थाले । सो अनुसार घरमा सम्झाउने गरे । श्रीमानलाई समेत परिवार संवादमा ल्याउन सके । अहिले त मेरो श्रीमान पूर्णरुपमा सुध्रिएका छन्’ उनले भनिन् ।

कक्षा टोलमै सञ्चालन भएपछि सिगास २ की कमला टमटासहित करिब ३५ दलित घरपरिवारका घरआँगन सरसफाइ भएका छन् । सरसफाइ नगरेपछि हुने रोगव्याधीका विषयमा समुहमा भएको छलफलले घर–घरमा भाडा राख्ने च्याङ, जुठान श्रीमान श्रीमाती मिलेर बनाएको कमलाले बताइन् ।

उनले भनिन् ‘जातीय छुवाछुत कमी आएको छ, कोरो दानका नाममा बालविवाह हुन्थ्यो, त्यो रोकियो ।’

महिलाहरुले कृषि व्यवसायदेखि आम्दानी बचतको लेखाजोखासम्म कक्षाबाट सिकेको मेसुमा पालरको व्यवसाय गर्ने गोमती वि.कले बताइन् । उनले भनिन् ‘पालरको तालिम लिएर आएपछि कक्षामा पनि जान्थे  । पहिले आम्दानीका हिसाव राख्ने गरेको थिइन् । अहिले हिसाब राख्नुपर्ने रहेछ भन्ने बुझे । घरखर्चको पनि हिसाव राख्ने गरेका छौं ।’ 

उनीहरुले समुहमा समाजका रहेको विकृति विसंगती र लैंगिक, सामाजिक, जातीय भेदभाव अन्त्यका लागि बृहत् छलफल गरिएको साडा नेपालका सहजकर्ता लक्ष्मी अवस्थीले बताइन् । कक्षा सञ्चालले स्थानीय तहले गर्ने नसकेको काम गरेको जनप्रतिनिधिको भनाइ छ । सरकारका तालिम दुई दिन, तीन दिन हुन्छ तर साडा नेपालले १३ महिनानै हप्ताको १ दिन सशक्तिकरणका लागि तालिम दिएको छ । 

दिदी बहिनीले आफ्नो निर्णय लिने क्षमता बढाएर बाल्ने सक्ने भएको सिगास गाउँपालिका उपाध्यक्ष धाना धामीको दाबी छ ।

उनले भनिन् ‘अहिले सिगास २ र ९ का महिलाको क्षमता विकास भएको छ । समाजमा बस्ने बोल्ने भएका छन् ।’

महिलाहरु शिक्षित भएपछि सामाजिक संस्था तथा उपभोक्ता समितिका समेत चुनाव गर्नुपर्ने अवस्था भएको छ । योजना मागमा समेत महिला वडासम्म आउने गरेको सिगास गाउँपालिका १ का वडाध्यक्ष राचन्द्र ऐरीको भनाइ छ । बैतडीको सिगास र सुर्नया गाउँपालिकाका २० स्थानमा सञ्चालित कक्षामा ५ सय महिलाहरुले सहभागीता जनाएका छन् ।

छलफल समूहहरुमा साप्ताहिक वा पाक्षिक रुपमा महिलाहरु भेला भएर आफु तथा आफ्नो समुदायमा भएका सामाजिक सांस्कृतिक तथा आर्थिक सवालहरु पहिचान, प्राथमिकीरण गरी मुख्य सवालहरुमा गहिरोसँग छलफल चलाउने गरेका छन् । 

प्राथमिकता प्राप्त वा मुख्य सवालहरुका अन्तरनिहीत कारण ती सवालहरुले समाजमा रहेको कुरिति, जातिय तथा लैंगिक विभेद लगायतका विद्यमान प्रचलनहरुको बारेमा छलफल गरी समाधानका उपायहरु पत्ता लगाउने गरेका छन् । यस कार्यक्रम अन्तर्गत २० वटा समूहमा व्यापक रुपमा छलफल गरी हरेक समुहमा १२ देखि १५ सम्म मुख्य सवालहरु पहिचान भएका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise