२०८२ वैशाख ५ गते शुक्रवार / Apr 18 , 2025 , Friday
२०८२ वैशाख ५ गते शुक्रवार
Ads

कृषि पेसाबाट मनग्य आम्दानी

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ माघ १० गते २१:५३
कृषि पेसाबाट मनग्य आम्दानी

अर्घाखाँची : अर्घाखाँचीको पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सचिव अच्युत गौतमले कृषि पेसाबाट  मनग्य  आम्दानी गर्न सफल भएका छन् ।

बिहान उठेदेखि बेलुका  घाम अस्ताएसम्म उनी तरकारी र  सुन्तला खेतीमा व्यस्त हुन्छन् । सिजन अनुसारको बेमौसमी खेती, ब्रोइलर र लेयर्स जातका कुखुरा पालन  गर्दै आएका गौतमलाई कृषि पेसाले आर्थिक,  सामाजिक रूपमा सवल बनाएको छ । उनले वार्षिक २० लाखदेखि २५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । 

गौतम पाणिनी गाउँपालिका  तथा अर्घाखाँची जिल्लामा राम्रो  स्पष्ट बोल्ने नेता एवं समाजसेवीका रुपमा निचिन्छन् । उनी नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित अर्घाखाँचीका पार्टी जिल्ला सचिव  हुन् ।

उनले पाणिनीमा रहेको कृर्षि फर्मबाट उत्पादन भएको  काउली, आलु, बन्दा, साग, टमाटर, ब्रोकाउली, केराउ, पिँडालु लगायत तरकारी उत्पादन गरी बिक्रीवितरण  गर्दै आएका छन् । उत्पादन भएको तरकारी स्थानीय बजार  पाल्पा तान्सेन, सन्धिखर्क, दुर्गाफाँट र बुटबलको सब्जी मण्डीमा बिक्री हुने गरेको गौतमको भनाइ छ । 

बजारको पनि कुनै खालको समस्या नभएको बताउँदै उनले भने, ‘तरकारी वा फलफुल उत्पादन हुनुपर्‍यो । मैले जतिपनि बिक्रीवितरण गर्न सक्छु ।’
वार्षिक रूपमा तरकारी खेती, दूध, सुन्तलाबाट मात्रै १२ देखि १५  लाख रुपैयाँ आम्दानी हुने गरेको गौतमले बताए । 

परिश्रम गरे पाणिनीको  माटोमा सुन फलाउन सकिन्छ भन्ने मान्यताका साथ सुरु गरेका व्यवसायी गौतमले अहिले सोचेभन्दा धेरै फाइदा लिएका छन् । 
कुखुरापालनबाट वार्षिक रूपमा ५ लाखदेखि  ९ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको गौतमले बताए । 

उनले भने, ‘मनमा साहस र शरीरमा जाँगर लिएर अगाडि बढेमा सामान्य खर्च चलाउन, घरजग्गा किन्न, छोराछोरी पढाउनका लागि भनेर  पैसा कमाउन विदेश जानु पर्दैन ।’ हाम्रो समाजका उदाहरणीय पात्र बनेका  पूर्व जनप्रतिनिधि गौतमले गरेको कृषि क्रान्ति साच्चिकै नमुना रहेको स्थानीय तुल्सी पौडेलले बताए ।

अहिले पोखराथोक, पणेना, मैदान पाटौटी र खिदिम लगाएतका वडामा उनकै कृषिबाट प्रभावित भएर गाउँका  युवा जनप्रतिनिधि समेत व्यवसायिक तरकारी खेती, सुन्तला खेती, कुखुरापालनमा लागेका छन् । 

ADV

सम्बन्धित खबर

Advertise