२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा दीपक खत्री सर्वसम्मत

Nada
भरत प्रधान
२०८१ असार १२ गते १६:१७
Shares
प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा दीपक खत्री सर्वसम्मत

लिस्बन : नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च पोर्चुगलको छैटौं राष्ट्रिय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सोमबार पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको अधिवेशनले दीपक खत्रीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि खत्रीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

ncell

अधिवेशनले उपाध्यक्षमा सुमन शर्मा चौलागाईं, सचिवमा मिलन रेग्मी तथा उपसचिवमा प्रकाश तामाङ र मञ्जु अधिकारीलाई चयन गरेको छ । यस्तै सदस्यमा यज्ञ प्रसाद डुम्रे, पुरन घर्ती, नविन कुमार थापा, राजेन्द्र प्रसाद डुम्रे, राजन कार्की, सुनिल बन्जरा, संगीता शर्मा सिलवाल, हेमन्त के.सी., शिव सागर बुढाथोकी, कमल बस्नेत, सुमन सिलवाल, चित्र प्रसाद सुवेदी, सुरज बिष्ट, गणेश थापा, काजीमान श्रेष्ठ, पुष्कर पन्थी, हेमराज सुबेदी, भक्त सिंह, माया खरेल र याम बहादुर पुर्कोटी सर्वसम्मत चयन भएका छन् ।

मञ्चका अध्यक्ष राजाराम लामिछानेको अध्यक्षता तथा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय कमिटीका सचिव हेम शेर्पा, केन्द्रीय सदस्य गोविन्द पौडेल, प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष केदार ढुंगाना, मञ्चका केन्द्रीय विद्यार्थी विभाग सचिव रोबोट लिम्बू, एनआरएनए आईसीसी सदस्य राजकुमार थापा, एनआरएनए पोर्चुगलका अध्यक्ष्य उमेश खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

ताजा खबर

सम्बन्धित खबर