२०८१ माघ १२ गते शनिवार / Jan 25 , 2025 , Saturday
२०८१ माघ १२ गते शनिवार
Ads

ज्येष्ठ नागरिकलाई रेडियो र टर्च लाइट वितरण

hardik ivf
सुर्य प्रसाद भुसाल
२०८१ माघ ११ गते २१:३८
ज्येष्ठ नागरिकलाई रेडियो र टर्च लाइट वितरण

अर्घाखाँची : मालारानी  गाउँपालिकाले घरघरमै पुगेर ज्येष्ठ नागरिकलाई रेडियो र टर्च लाइट वितरण गरेको छ । 

जेष्ठ नागरिकहरुले घरमै बसेर देशविदेश र जिल्लाका कुना काप्चाका  समाचार, सूचना सुन्ने र  मनोरञ्जनका लागि सहज  होस् भनेर गाउँपालिकाले रेडियो र टर्च लाइट वितरण गरेको हो । 

गाउँपालिका अध्यक्ष  दलबहादुर भट्टराईले गाउँपालिकाले चालु आर्थिक २०८१/०८२ को  वार्षिक स्वीकृति कार्यक्रममा समावेश गरी रेडियो र टर्च लाइट  वितरण गरिरहेको बताए । 

गाउँपालिका उपाध्यक्ष दिपा पोख्रेलले गाउँपालिकाको  कार्यक्रमहरु तथा जेष्ठ नागरिक विपन्न परिवारलाई यस वर्षदेखि सूचनाको पहुँच आम नागरिकको घर–घरमा पुर्‍याउने उद्देश्यले  बजेट विनियोजन गरेर रेडियो वितरण कार्यक्रम राखिएको बताइन् । 

गाउँपालिकाले  हालसम्म  एक सय ६० जनालाई रेडियो  र लाइट  वितरण गरेको छ । 

गाउँपालिकाले एक हजार  ५ सय रेडियो वितरण गर्ने लक्ष्य राखेको छ । पालिकाले  ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई रेडियो वितरण  सुरु  गरेको हो । गाउँका धेरैजसो घरमा पछिल्लो समय ज्येष्ठ नागरिक एक्लिँदै गएको पनि उपाध्यक्ष पोख्रेलले  बताइन् ।

‘ज्येष्ठ नागरिकलाई सुरक्षा भत्ता दिएर मात्र हुँदैन, उनीहरूका चाहना र आवश्यकता पनि बुझ्नुपर्छ’, उनले भनिन्, ‘भत्ताले मात्रै सबैका सबैखाले आवश्यकता पूरा हुँदैनन् ।’ 

ADVADV

सम्बन्धित खबर

Advertise