२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

पतञ्जली योगपीठको जग्गा प्रकरणबारे सीआईबीले थाल्यो अनुसन्धान

ADV
मध्यान्ह
२०८१ असार १२ गते १७:३८
पतञ्जली योगपीठको जग्गा प्रकरणबारे सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको नाममा हदबन्दी छुटमा किनिएको जग्गामा भएको अनियमितता बारे अनुसन्धान थालेको छ । सीआईबीले काभ्रेमा फर्म चलाउन भनेर हदबन्दी छुटमा किनिएको जग्गामा भएको अनियमितताबारे छानबिन थालेको हो । 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि सीआईबीका प्रहरी उपरीक्षक (एसपी) कै नेतृत्वमा विस्तृत जाँचबुझ गर्ने काम शुरू  भएको हो । काभ्रेको बनेपामा पतञ्जली योगपीठलाई आयुर्वेद फर्म चलाउन ८ सय १५ रोपनी जग्गा खरिदमा हदबन्दी छुट दिने निर्णय मन्त्रिपषिद्ले गरेको थियो । 

२०६६ माघ १८ मा माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालय, अनुसन्धान केन्द्र, योगशाला, आयुर्वेदिक औषधि उद्योग, जडीबुटी खेती, गाई फार्मलगायत चलाउन काभ्रेमा हदबन्दी छुटमा ८ सय १५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो । 

त्यसलगत्तै पतञ्जलीले हाल काभ्रेको बनेपा नगरपालिकाअन्तर्गत पर्ने साबिकको साँगा, नासिकास्थान र महेन्द्र ज्योति गाविस (चलाल गणेशस्थान) मा ५ सय ९३ रोपनीभन्दा बढी जग्गा खरिद गरेकामा त्यसको अढाई महिना नबित्दै मन्त्रिपरिषद्बाटै निर्णय गराएर भूमिसम्बन्धी कानुनविपरीत हदबन्दी छुटको ३ सय ५३ रोपनी १५ आना जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बेचेको थियो ।

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले उद्योग सञ्चालन गर्न भनेर हदबन्दी छुटमा किनेको जग्गा अपचलन भएको सरकारी छानबिन समितिकै प्रतिवेदनले किटान गरेको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise