२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एसईईको मौका परीक्षा साउन १८ र १९ गते

ADV
मध्यान्ह
२०८१ असार १३ गते ११:०८
एसईईको मौका परीक्षा साउन १८ र १९ गते

काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज सार्वजनिक भएको नतिजामा एनजी (नन ग्रेडेड) ल्याउने विद्यार्थीहरूको ग्रेड वृद्धि अर्थात् मौका परीक्षा साउन १८ र १९ गते हुने भएको छ । आज सार्वजनिक भएको नतिजा अनुसार दुई लाख ४२ हजार विद्यार्थीको एनजी (नन ग्रेडेड) आएको छ । 

जसमा दुई विषयमा एनजी आएका विद्यार्थीहरूले साउन १८ गते र १९ गते हुने परीक्षामार्फत ग्रेड वृद्धि परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्ड जानकारी दिएको छ । दुईभन्दा धेरै विषयमा नन ग्रेडेड आउने विद्यार्थीहरू भने मौका परीक्षामा सामेल हुन पाउने छैनन् । 

बोर्डका अनुसार ननग्रेड ल्याउनेमध्ये एक लाख १५ हजार ८३४ जनाले मौका परीक्षा दिन पाउने छन्  । जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थीको दुई विषयमा एनजी आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise