२०८१ माघ १८ गते शुक्रवार / Jan 31 , 2025 , Friday
२०८१ माघ १८ गते शुक्रवार
Ads

एकता र सद्भाव बढाउन चाडपर्वले सहयोग पुर्‍याउँछ : मुख्यमन्त्री कार्की

hardik ivf
मध्यान्ह
२०८१ माघ १७ गते १२:५३
एकता र सद्भाव बढाउन चाडपर्वले सहयोग पुर्‍याउँछ : मुख्यमन्त्री कार्की

विराटनगरः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  सबै धर्म, संस्कृति समुदायबीचको आपसी सहयोग, सहकार्य, एकता र सद्भावले मात्र समृद्धि हासिल गर्न सकिने बताएका छन् ।

मुख्यमन्त्री कार्कीले तामाङ समुदायको महान चाड सोनाम ल्होसार तथा मञ्जुश्री संवत् २८६१  को अवसरमा आज शुभकामना दिँदै नेपाली बीचको एकता र सद्भाव बढाउन हाम्रा चाडपर्वले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

बहुभाषी, बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक नेपालमा मनाइने चाडपर्वले सामाजिक विविधता झल्काउने उल्लेख गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमाफत मुलुकका सबै जातजाति, धर्म र संस्कृतिको सम्मान, संरक्षण तथा सम्वर्ल्धन गर्न सम्भव भएको हो भने ।

कोशी प्रदेश सरकारले सबै समुदायको पहिचानलाई स्थापित गरी सुखी र समुत्रत प्रदेशका पक्षमा काम गरिहेको बताउँदै देशको समृद्धि, स्थायित्व र सामाजिक न्यायको यात्रामा तामाङ समुदायको अतुलनीय योगदान रहेको शुभकामना सन्देशमा उल्लेख छ । मुख्यमन्त्री कार्कीले सोनाम ल्होसारले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धिसहित आपसी सद्भाव र भ्रातृत्वको भावना बढाओस् भनी शुभकामना व्यक्त गरेका छन् ।

ADVenergy

ताजा खबर

सम्बन्धित खबर

Advertise