२०८१ माघ १८ गते शुक्रवार / Jan 31 , 2025 , Friday
२०८१ माघ १८ गते शुक्रवार
Ads

मौलिक हक कार्यान्वयन गर्न देशको आर्थिक अवस्था सुदृढ हुन आवश्यक छ : मुख्यमन्त्री कँडेल

hardik ivf
कुलेन्द्र शाही
२०८१ माघ १७ गते १६:२६
मौलिक हक कार्यान्वयन गर्न देशको आर्थिक अवस्था सुदृढ हुन आवश्यक छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानमा लेखिएको सबै मौलिक हक कार्यान्वयन गर्न देशको आर्थिक अवस्था सुदृढ हुन आवश्यक रहेको बताएका छन् ।

बिहीबार सुर्खेतमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) कर्णाली प्रदेशको चौथो अधिवेशनको उद्‌घाटन गर्दै उनले नेपालको संविधानमा धेरै राम्रो र जनताको प्रतिनिधित्व गर्ने कुराहरू लेखिएको भए पनि अहिलेको देशको आर्थिक अवस्थाले गर्दा  सबै कुराहरू पूरा गर्ने अवस्थामा सरकार नरहेको बताए ।

सरकारलाई संविधानमा लेखिएका सबै मौलिक हक पूरा गर्ने अवस्थामा पुर्‍याउन समय लाग्ने र त्यसतर्फ सरकार गएको मुख्यमन्त्री कँडेलले उल्लेख गरे । देश हामी सबैको भएकाले हामी सबै मिलेर देशको आर्थिक अवस्था सुधार गर्ने र देशमा नै रोजगारीको सिर्जना गर्ने काममा लाग्नुपर्ने दायित्व सबैको भएको मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

देशको विकास सरकारले एक्लैले भन्दा पनि निजी क्षेत्रसहित सबै मिलेर गर्नुपर्ने उनले बताए । प्रदेश सरकार जिम्मेवारीका साथ शिक्षा क्षेत्रको विकासमा लागेको बताउँदै उनले त्यसमा निजी क्षेत्रले पनि शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकारात्मक भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनका केन्द्रीय अध्यक्षसहित शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

ADVenergy

ताजा खबर

सम्बन्धित खबर

Advertise