२०८१ माघ १८ गते शुक्रवार / Jan 31 , 2025 , Friday
२०८१ माघ १८ गते शुक्रवार
Ads

मदरसा शिक्षालाई शैक्षिक मूलधारमा समावेश गर्न माग

hardik ivf
शहबाज खान
२०८१ माघ १७ गते २१:५१
मदरसा शिक्षालाई शैक्षिक मूलधारमा समावेश गर्न माग

कपिलवस्तु : कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले मदरसा शिक्षालाई नेपाल सरकारको शैक्षिक मूलधारमा समावेश गर्दै आधुनिक शिक्षासँग जोड्नुपर्ने बताएका छन् । 

नगरपालिकाको वडा नं. ३ मा रहेको जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगर रहमानको वार्षिकोत्सवको अवसरमा उनले मदरसामा अध्ययन गरेका विद्यार्थीहरूलाई पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन सक्षम बनाउनुपर्नेमा जोड दिए । 

त्यस्तै, महाराजगंजका नगरप्रमुख अब्दुल कलाम खांले नेपाल सरकारद्वारा मदरसा शिक्षा प्राप्त गरेका विद्यार्थीहरूको प्रमाणपत्रलाई मान्यता नदिइनु चुनौतीपूर्ण भएको बताए । उनले नेपाल सरकार र मदरसा सञ्चालक समितिबीच समन्वय गरी धार्मिक तथा आधुनिक शिक्षा समेट्ने पाठ्यक्रम विकास गर्नुपर्ने सुझाए । 

कार्यक्रममा नेपाल प्रहरीका नायब महानिरीक्षक उमा चतुर्वेदीले विद्यार्थीहरूलाई राष्ट्रसेवामा समर्पित रहन प्रेरित गर्दै विद्यार्थी जीवनमा शिक्षकहरूले प्रदान गरेको ज्ञानलाई व्यवहारिक रूपमा उपयोग गर्नुपर्ने कुरामा जोड दिइन् । 

कार्यक्रममा नगरप्रमुख शाह, नायव महानिरीक्षक चतुर्वेदी, नगरप्रमुख खां, वडाध्यक्ष सगीर अहमद खां लगायत अतिथिहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

जामिया सिराजुलवलुम अलसल्फियाका प्रबन्ध निर्देशक शमीम अहमद नदवी र निवर्तमान उपाध्यक्ष मौलाना मशहुद खां नेपालीले अतिथिहरूलाई स्वागत गर्दै विद्यालयको शैक्षिक गतिविधि तथा भविष्यका योजनाबारे जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिहरूले मदरसा शिक्षा प्रणालीको सुधार, विद्यार्थीहरूको उज्वल भविष्य तथा धार्मिक एवं आधुनिक शिक्षाबीचको समन्वयलाई प्राथमिकतामा राख्दै सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

ADVenergy

ताजा खबर

सम्बन्धित खबर

Advertise