२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

लागुऔषध नियन्त्रणमा लिने क्रममा प्रहरीद्वारा गोली प्रहार, एक जना घाइते

hardik ivf
विनोद निगम
२०८१ माघ १८ गते ११:०७
लागुऔषध नियन्त्रणमा लिने क्रममा प्रहरीद्वारा गोली प्रहार, एक जना घाइते

नवलपरासी : पश्चिम नवलपरासीमा लागुऔषध नियन्त्रण लिने क्रममा प्रहरीको गोली प्रहारबाट एक जना घाइते भएका छन् । प्रहरीको गोलीबाट रामग्राम नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनिया घाइते भएका हुन् । 

बिहीबार राति ८ बजे लोनियाको घरबाट लागुऔषध (ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थ) नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गरेको थियो । नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराका अनुसार त्यसै क्रममा लोनियालाई गोली लागेको हो । 

लोनियाले बिक्रीवितरणका लागि लागुऔषध घरमा राखेको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको कमान्डमा ५  जनाको टोली उनको घरमा पुगेर नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो ।

प्रहरीले परिचय दिएर खानतलासी गर्दा लोनियाले प्रहरीमाथि आक्रमण गर्न खोजेका थिए । अवस्था तनावपूर्ण बनेको र उनी भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गर्दा लोनियाको बायाँ खुट्टामा गोली लागेको छ । उनको जिल्लास्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सो स्थानबाट ९३ पुरिया ब्राउनसुगर नियन्त्रणमा लिएको सूचना अधिकारी बोहराले बताए ।

लागुऔषध किनबेचमा संलग्न रहेका अर्का एक व्यक्ति फरार भएका छन् । प्रहरीले फरार व्यक्तिको पनि खोजि गरिरहेको जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise