२०८१ माघ १८ गते शुक्रवार / Jan 31 , 2025 , Friday
२०८१ माघ १८ गते शुक्रवार
Ads

बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भयौं : प्रधानमन्त्री ओली

hardik ivf
मध्यान्ह
२०८१ माघ १८ गते १४:०३
बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भयौं : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदसमक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट आफूहरु  मुक्त भएको बताएका छन् ।

संघीय संसद, प्रतिनिधिसभाको पाँचौं अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “गएको छ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्‍याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु– सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ ।’’ 

उनले जनता र संसदको भरोसा र दृढताले भरिएको आत्मविश्वास लिएर आफू सदनमा उपस्थित भएको उल्लेख गरे  ।

ADVenergy

सम्बन्धित खबर

Advertise