२०८१ माघ १९ गते शनिवार / Feb 01 , 2025 , Saturday
२०८१ माघ १९ गते शनिवार
Ads

गेरुवा गाउँपालिकामा चोथो कृषि मेला सुरु

hardik ivf
सन्तोष पौडेल
२०८१ माघ १८ गते २२:००
गेरुवा गाउँपालिकामा चोथो कृषि मेला सुरु

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा चौथो कृषि मेला प्रदर्शनी सुरु भएको छ । गेरुवा गाउँपालिका तथा पालिका स्तरीय कृषक समन्वय समितिको आयोजनामा गाउँपालिकाको वडा नम्बर– ३ बालुवाटारमा कृषि मेला प्रदर्शनी सुरु भएको हो ।

पालिकाभित्र उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार गर्दै कृषि उत्पादनका लागि किसानबीच प्रतिष्पर्धात्मक वातावरण बनाउने लक्ष्यका साथ गेरुवा गाउँपालिकाले पहिलो पटक २०७४ सालमा कृषिमेला प्रदर्शनीको आयोजना गरेको थियो ।

२०७५ सालमा मेलाको आयोजना गरेर निरन्तरता दिन नसकेको गाउँपालिकाले पुनः २०८० देखि नियमितरुपमा पालिका स्तरीय कृषि मेला प्रदर्शनीको आयोजना गर्दै आएको छ ।‎

‘समृद्ध गेरुवा गाउँपालिकाको निर्माणको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ गेरुवा गाउँपालिको वडा नं . ३ बालुवाटारमा शुक्रबारदेखि सञ्चालन भएको कृषि मेला प्रदर्शनीको नेपाली कांग्रेसका सह–महामन्त्री एवं संघीय सांसद किशोर सिंह राठौरले उद्घाटन गरेका हुन् । 

‎कृषि मेलाले कृषकका अनुभव आदान–प्रदान गर्न सहज वातावरण निर्माण गर्ने, कृषकहरु प्रविधिको बारेमा जानकार हुने, स्थानीय उत्पादित बाली वस्तुको प्रवद्र्धन तथा प्रचार–प्रसार गर्न सहयोग पुग्ने, कृषकलाई उत्पादनमा प्रोत्साहित गर्दै रैथाने बाली वस्तुको प्रवद्र्धनमा अग्रसर बनाउने र स्थानीय उत्पादनको बजारीकरणका लागी टेवा पु¥याउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले बताए ।

‎‎३ दिनसम्म चल्ने कृषि मेलामा कृषकहरुले आफूले उत्पादन गरेका कृषि उपजहरु स्टलमा सजायर प्रदर्शनीका लागी राखेका छन् । प्रदर्श

नी भएका कृषिजन्य वस्तुहरूलाई विभिन्न १२ वटा विधामा वर्गीकरण गरी प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने कृषकलाई पुरस्कार प्रदान गरिने छ । 

जसमा स्थानीय भेषभुषासहितको कृषिमा सन्देशमूलक सांस्कृतिक कार्यक्रम र स्टल सजावट पनि समावेश छ । मेलामा निःशुल्क बाली उपचार  शिविर समेत सञ्चालन गरिएको छ । जहाँबाट किसानहरुले निःशुल्क औषधी पनि पाउन सक्नेछन् । मेलामा पालिकाका अगुवा कृषकहरुलाई  समेत सम्मान गरिने पालिकाले जनाएको छ । ‎

प्रदर्शनीमा खाद्यान्न बाली, तरकारी बाली, नगदे बाली, फलफूल बाली, आलु बाली, मसला बाली,  माछा, हांस, मौरी, च्याउ र  रैथाने बाली गरी ६ सय बढी सामग्री राखिएको छ । 

‎कृषि मेला प्रदर्शनी गाउँपालिका भरीका कृषकहरु एकै ठाउँमा भेला भइ एक अर्काका अनुभवहरु साटासाट गर्ने थलो बनेको छ । 

आफूले उत्पादन गरेका कृषि उपजको प्रचार–प्रसार गर्न राखिएका कृषि उपजहरुको मूल्याङ्कनका आधारमा पुरस्कृत गरिने भएपछि कृषकहरुमा कृषि उत्पादनमा प्रतिस्पर्धाको वातावरण समेत निर्माण गरेको छ । 

अगुवा कृषकहरुलाई सम्मान गर्दा कृषि पेसा अंगालेका कृषकहरुको आत्मसम्मान बढेको कृषकहरुले बताएका छन् ।‎

निरन्तर रूपमा गरिने यस्ता मेला तथा प्रदर्शनीले एक ठाउँका कृषकलाई अर्को ठाउँका नमूना कृषकको सिको गराउँदै समग्र कृषकलाई व्यवसायिक बन्नका लागि प्रोत्साहित गर्ने छ भने निर्वाहमूखी कृषिबाट व्यावसायिक कृषि पेशामा लाग्न कृषकहरुलाई उत्प्रेरित गर्दे कृषि पेशालाई प्रवर्द्धन गर्नमा समेत सहयोग पुग्ने देखिन्छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise