२०८१ माघ १९ गते शनिवार / Feb 01 , 2025 , Saturday
२०८१ माघ १९ गते शनिवार
Ads

मेची राजमार्ग खुलाउन माग

hardik ivf
मध्यान्ह
२०८१ माघ १८ गते २२:०२
मेची राजमार्ग खुलाउन माग

विराटनगर : यातायात सम्बद्ध व्यवसायी महासंघ र मजदुर संगठनहरूले मेची राजमार्गमा भएको बन्द खुलाउन माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, कोशी प्रदेश संयोजक सरोज श्रेष्ठ, अखिल नेपाल यातायात मजदुर संघ कोशीका अध्यक्ष लिला प्रधान, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशीका अध्यक्ष गौरी लामा तथा नेपाल यातायात मजदुर संघ कोशीका कार्यवाहक अध्यक्ष विष्णु खत्रीले संयुक्त विज्ञप्ति जारी गर्दै ताप्लेजुङको पाथीभरा केबुलकार निर्माण गर्ने सन्दर्भलाई लिएर आन्दोलनरत पक्षसँगको झडपपछि उत्पन्न समस्याका कारण यातायात क्षेत्र ठप्प भएको विषयमा संगठनहरूले गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

विज्ञप्तिमार्फत व्यवसायीहरुले माघ १५ गतेदेखि आन्दोलनरत पक्षद्वारा अनिश्चितकालीन यातायात बन्दको घोषणापछि विगत ४ दिन देखि निरन्तर रूपमा मेची राजमार्ग तथा तमोर कोरिडोर राजमार्ग बन्द भएपछि धनकुटा, झापा, इलाम, पाचथर, ताप्लेजुङ जिल्लाको जनजीवन कष्टकर बन्दै गइरहेका उल्लेख गरेका छन् । 

विज्ञप्तिमा यस क्षेत्रमा सार्वजनिक यातायात सेवा प्रवाह गर्ने स्वरोजगार व्यवसायीहरू र सवारीमा कार्यरत मजदुर तथा यसमा आश्रित परिवारको अवस्था दयनीय बन्दै गएको उल्लेख छ ।

 ‘निरन्तरको बन्दले व्यवसायीहरूले मासिक रूपमा व्यहोर्नु पर्ने आर्थिक दायित्वको भार थेग्न नसक्ने अवस्था सिर्जना हुँदै गएको छ, विज्ञप्तिमा भनिएको छ, बन्द आह्वानकर्ताले बन्दको विकल्प खोज्न र परिस्थिति जटिल बन्दै गएकोले वार्ता संवादबाट निकास निकाल्न आन्दोलनरत पक्ष एवं नेपाल सरकारमा हार्दिक अनुरोध गर्दछौँ ।’  अनिश्चित कालीन बन्द फिर्ता लिइ जनजीवन सहज बनाउनेतर्फ राज्य पक्ष जिम्मेवार भइ अविलम्ब यातायात सुचारु गराउन उनीहरूको माग छ । 

ADVenergy

सम्बन्धित खबर

Advertise