नवलपरासीः पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर-१ सालबासमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला रूपन्देही अमहवा बस्ने वर्ष २८ का कमल परियार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ः४० बजेको समयमा सरावल गाउँपालिका–१ सालबास नजिक प्रदेश नम्बर ३–०२–००६ प ९८३६ नम्बरकाे मोटरसाइकल अनियन्त्रित भएर सडकबीचको पेटीमा ठोकिएको थियो ।
मोटरसाइकलमा सवार चालक जिल्ला नुवाकोट लिखु–३ बस्ने वर्ष २९ का गोपाल लोहनी घाइते भइ अवस्था गम्भिर भएकाले अस्पताल पठाइएको र पछाडि सवार परियारको भने घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए । परियारको टाउकोमा चोट लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।