२०८१ माघ १९ गते शनिवार / Feb 01 , 2025 , Saturday
२०८१ माघ १९ गते शनिवार
Ads

वडाध्यक्ष मियाँको निधन

hardik ivf
मध्यान्ह
२०८१ माघ १९ गते १७:५७
वडाध्यक्ष मियाँको निधन

नवलपरासी : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१ का अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ । 

आज दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा सहभागी भइरहेको बेला हृदयघातका कारण उनको मृत्यु भएको युवा संघका केन्द्रीय सदस्य मदन गिरीले बताए । 

राष्ट्रिय युवा संघ नेपाल नवलपुरको दशौं जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिएका उनी त्यहीँ लडेका थिए । उनलाई तत्काल चितवन मेडिकल कलेज लगिएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेको सदस्य गिरीले बताए ।

३७ वर्षका उनका श्रीमती, तीन छोरी र एक छोरा छन् । राष्ट्रिय युवा संघ नेपाल नवलपुरका सहसचिवसमेत रहेका उनी स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए ।

ADVenergy

सम्बन्धित खबर

Advertise