२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

सरकारले कर आतंक मच्चायो, सडक संघर्षमा आउनुको विकल्प छैन : प्रभु साह

himalayanlife
२०८१ माघ १९ गते १८:०८
Shares
सरकारले कर आतंक मच्चायो, सडक संघर्षमा आउनुको विकल्प छैन : प्रभु साह

पोखरा : आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकको पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले कर्मकाण्डी काम मात्रै गरेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनले 'पर्यटकीय राजधानी पोखराको पर्यटकीय पूर्वाधारको विकासका लागि के गर्नुभयो' भन्दै प्रश्न गरेका छन् । 

‘सरकारको मनपरी कर आतंकको विरोध गरौं, भ्रष्टाचारविरुद्धको संघर्षमा अघि बढौं’ भन्ने मूल नारासहित आज पोखरामा आजपाद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय ‘कर आतंक विरुद्धको बृहत् भेला’लाई सम्बोधन गर्दै अध्यक्ष साहले पोखराका उद्योगी व्यवसायीबाट कर लिने, तर पोखराको पर्यटकीय विकासका लागि सरकारले चासो नदिएको आरोप लगाए । 

‘सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको छ । तर पोखराको पर्यटकीय विकासका लागि सरकारले के–के गरेको छ ? प्रधानमन्त्री केपी शर्मा ओलीसँग मेरो प्रश्न छ, पोखराका उधोगी, व्यवसायीसंग कर लिने तर पोखराको पर्यटकीय विकासमा चासो नदिने ?’ अध्यक्ष साहले भने, ‘पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले गरेको काम के हो ?, सरकारको योजना के छ ?, रणनीति के बनाएको छ ? किन पोखराको बिकास भएन् ? यसको बारेमा प्रधानमन्त्रीले पोखरावासीलाई जवाफ दिनुपर्छ ।’

पोखराका उधोगी, व्यवसायीसँग सरकारले मनोमानी कर लिइरहेको भए पनि यहाँको पर्यटकीय सम्पदाको जगेर्नासमेत गर्न नसकेको उनले बताए । विकासमा ध्यान नदिएको सरकारले कुन नैतिकताले कर लिइरहेको भन्दै उनले प्रश्न उठाए । 

पोखरामा पर्यटकीय प्रहरी न्यून मात्रामा रहेको बताउदै ति पर्यटकीय प्रहरीकै बेहाल रहेको साहले बताए । पर्यटकीय प्रहरीकै अवस्था कहालिलाग्दो रहेको बताउँदै उनले पर्यटकको शान्ति, सुरक्षाको काम कसरी प्रभावकारी हन्छ भन्ने बारेमा उनले सरकारसंग प्रश्न गरेका छन् । साथै बैदेशिक पर्यटकलाई भित्रयाउनका लागि सरकारसंग कुनै योजना नै नभएको र झण्डै दुई तिहाई बहुमतको सरकार हचुवाको भरमा मनोमानी अध्यादेशमार्फत चलिरहेकाले जनताले यो सरकार फाल्न खोजिरहेको बताए । 

सम्बन्धित खबर