२०८१ माघ १९ गते शनिवार / Feb 01 , 2025 , Saturday
२०८१ माघ १९ गते शनिवार
Ads

भारतमा जिप दुर्घटना हुँदा ५ नेपालीको मृत्यु

hardik ivf
मध्यान्ह
२०८१ माघ १९ गते २०:१४
भारतमा जिप दुर्घटना हुँदा ५ नेपालीको मृत्यु

काठमाडौं : भारतको प्रयागराजमा आयोजना भइरहेको महाकुम्भ मेलाबाट फर्किँदै गरेको जिप दुर्घटना हुँदा ५ जना नेपालीको मृत्यु भएको छ । मृतक सबै एकै परिवारको हुन् । दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।

प्रयागराजबाट फकिँदै गरेको स्कार्पियो जिप शनिबार बिहार राज्यको मुजफ्फरपुरको मधुबनी मन्दिरनजिक दुर्घटना भएको हो । दुर्घटनामा मन्तरणा देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दु देवी र चालकको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

दुर्घटनामा मनोहर ठाकुर कामिनी झा, सृष्टि ठाकुर र नाम नखुलेका एक जना घाइते छन् । घाइते मनोहर नेपाल प्रहरीका जवान रहेको बताइएको छ ।

मृतक र घाइते सबै जनकपुरका छन् । उनीहरू कुम्भमा स्नान गरेर अयोध्या र त्यसपछि वाराणसी पुगेर फर्किरहेको घाइते कामनी झाले बताएकी छन् । घाइतेलाई उपचारका लागि एसकेएमसीएच पठाइएको छ । तीव्र गतिमा रहेको जिप मोटरसाइकल बचाउन खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको थियो । 
 

ADVenergy

सम्बन्धित खबर

Advertise