रौतहट : रौतहटको फतुवा बिजयपुर नगरपालिका –२ शीतलपुरमा सातौं बहिनी भगवती मन्दिर जाने बाटो निर्माण सम्पन्न भएको छ । सयौं वर्ष पूरानो मन्दिरमा जान्ने बाटो नहुँदा पूजापाठ गर्नका लागि जान धेरै कठिनाइ भएको थियो ।
अप्ठ्यारो र घुमाउरो बाटो जान परिरहेकोले सो बाटो निर्माण गरिएको वडाध्यक्ष अनिरुद्व यादवले बताए ।
उनले वडाभित्र रहेका धार्मिक ऐतिहासिक स्थललाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गरिने बताए । उक्त मन्दिर बाटो निर्माण भएपछि शीतलपुर गाउँ र वडामा आउजाउ गर्नसमेत सहज भएको स्थानीय बताउँछन् । ‘मन्दिर पुग्ने बाटो वडाले बनाएपछि सहज भएको छ । हामी निकै खुसी छौँ,’ स्थानीय अरुण यादवले भने, ‘आउँदा दिनमा पनि वडाले यस्तै विकास निर्माणका काम गर्नेछ भन्ने अपेक्षा छ ।’