२०८१ माघ २० गते आइतवार / Feb 02 , 2025 , Sunday
२०८१ माघ २० गते आइतवार
Ads

कतारमा मनाइयो सोनाम ल्होछार

hardik ivf
तिलु शर्मा पौडेल
२०८१ माघ १९ गते २१:३३
कतारमा मनाइयो सोनाम ल्होछार

दोहा कतार : निकै व्यवस्थित र लोभलाग्दो उपस्थितिका बीच नेपाल तामाङ धेदुङ प्रवास कार्यसमितिले सोनाम ल्होछार भव्य रूपमा मनाएको छ ।

नेपालबाट आमन्त्रित अतिथि कलाकारहरू सेलो गायक मदन घलान तामाङ, सेलो गायिका पूजा तामाङ र म्हेन्दोमाया गायक तथा संगीतकार शैलाप वाइबा तामाङको प्रस्तुतिमा सहभागीहरु झुमेका थिए । 

कार्यक्रमको मध्यतिर स्टेज चढेका सैलापले केही वर्ष पहिलेसम्म आफू कतारमा कामदारका रूपमा रहेको स्मरण गर्दै तेस्रो पटक कतार आउन पाएकोमा खुसी व्यक्त गर्दै आफ्नो सांगीतिक प्रस्तुती दिए । उनको प्रस्तुतीमा मौलिक भेषभूषामा सजिएर आएका दर्शकहरू मजैले नाच भने नेपाली भाषीहरूले पनि कम्मर मर्काए । सैलापको प्रस्तुती लगत्तै स्टेज चढेकी गायिका पूजाले एल माया शंकालु भन्दै आफ्ना प्रस्तुती राख्न सुरु गरिन । झम्के साँझ पर्ने बेला स्टेज चढेका अतिथि कलाकार मदनले तामाङ सेलोमा छमछमी नचाए । नेपालबाट आएका कलाकारहरूको प्रस्तुतीमा नझुम्ने सायदै कोही थिएनन् ।

कतारमा रहेका दर्जनौँ कलाकारहरूको सांगीतिक प्रस्तुती रहेको कार्यक्रम स्थल अबु हमुरस्थित आइडिएल इन्डिएन स्कुलको हललाई तामाङहरूले आफ्नो संस्कार अनुसार धज्र्युले शुद्धीकरण गरेका थिए । कार्यक्रम स्थलमा मौलिक भेषभूषामा सजिएर आएका दर्शकहरूले सांगीतिक प्रस्तुतीमा रमाउँदै साँझ ७ बजेसम्म पनि दर्शकले कलाकारको साथ छोडेनन् । नेपालबाट आमन्त्रित कलाकारसँगै आयोजकहरू एकै पटक झुम्दा कतारको चिसोलाई संगीतले जितेको थियो । झाँकी, नृत्यसहित उद्घाटन गरिएको कार्यक्रममा सांस्कृतिक झाँकी, तामाङ सेलो, ताम्बा नाच, लामा नाच, म्हेन्दोमाया लगायत विभिन्न नेपाली तथा तामाङ सांस्कृतिक प्रस्तुति रहेको थियो । 

कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको आतिथ्यता रहेको कार्यक्रममा  आमन्त्रित अतिथिसहित प्रत्येक व्यक्तिलाई प्रवेशद्वारमा नै खादा लगाएर स्वागत गरिएको थियो । घेदुङ कतार शाखाकी का.वा.अध्यक्ष कुमारी बेली गोले(सविता)तामाङको सभाध्यक्षता तथा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष राज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेग्मीले अन्य समुदाय भन्दा तामाङ खास रहेको र कतारमा यस समुदायको विशेष उपस्थिति रहेको बताउँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।  

संस्थापक अध्यक्ष एक्का प्रसाद तामाङले कार्यक्रमको बारेमा जानकारी दिँदै उपस्थित सबैलाई स्वागत गरेको कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिहरूलाई  तामाङहरूको पोसाक (तागी) टोपी लगाइ सम्मान गरिएको थियो । तमु प्ये ल्हु संघ कतार शाखाबाट सामूहिक रूपमा आयोजक संस्थालाई विभिन्न कोसेली प्रदान गरेका थिए ।

रामबहादुर तामाङ र सपना घलानले मिलेर सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तामाङले कार्यक्रमका संयोजक फुर्वा ग्याबा तामाङ, सांस्कृतिक संयोजक सुर्जे तामाङसहित व्यवस्थापनमा खटिने,  सुरक्षा तथा स्वयंसेवकका रूपमा खट्ने, सहयोगी, प्रायोजक र उपस्थित सम्पूर्णलाई कार्यक्रम सफलताको श्रेय दिएकी थिइन् । 

कार्यक्रममा सहआयोजकका रूपमा नेपाल तामाङ ताम्बा घेदुङ, प्रवास कार्यसमिति, नेपाल तामाङ लामा घेदुङ, प्रवास कार्यसमिति, नेपाल तामाङ संस्कृति घेदुङ, प्रवास कार्यसमिति नेपाल तामाङ महिला घेदुङ, प्रवास कार्यसमिति र नेपाल तामाङ युवा घेदुङ, प्रवास कार्यसमिति कतार रहेका थिए । मध्यान्ह राष्ट्रिय दैनिक उक्त कार्यक्रमको सञ्चार सहयोगीका रूपमा रहेको थियो  ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने ल्होछार  मुसा, गाई, बाघ, खरायो (बिरालो), ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरी मनाउने गरिन्छ । ल्होछारका १२ वटै वर्ष पशु पन्छीको नामबाट गणना गरिएकाले यस समुदायलाई प्रकृति पूजक मानिन्छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise