२०८१ माघ २० गते आइतवार / Feb 02 , 2025 , Sunday
२०८१ माघ २० गते आइतवार
Ads

महाकुम्भमा नेपाली तीर्थयात्रीलाई निःशुल्क बस्ने र खाने व्यवस्था

hardik ivf
मध्यान्ह
२०८१ माघ २० गते ११:१७
महाकुम्भमा नेपाली तीर्थयात्रीलाई निःशुल्क बस्ने र खाने व्यवस्था

काठमाडौँ : ब्राह्मण अन्तर्राष्ट्रिय संगठन ट्रस्टको संरक्षकका रूपमा संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले भारतको प्रयागराजमा जारी महाकुम्भमा नेपाली तीर्थयात्रीका लागि बस्ने र खाने व्यवस्था गरेका छन् ।

दैनिक एक करोडभन्दा बढी भक्तजन पुग्ने गरेको भनिएको महाकुम्भमा नेपाली तीर्थयात्रीका लागि निःशुल्क बस्ने र खाने व्यवस्था गरिएको उनले जानकारी दिए । एक सय ४४ वर्षको अन्तरालमा हुने महाकुम्भमा नेपाली तीर्थयात्रीलाई बस्ने र खाने व्यवस्थाका लागि कुनै समस्या नहोस् भनी सेवा गरिएको उनको भनाइ छ । एक दिनमा दुई सय जना नेपाली भक्तजनलाई यस्तो सेवा दिइएको छ ।

“हरेक दिन भागवत कथा वाचन पनि भइरहेको छ, हाम्रो यो प्रयासलाई भारतीयले समेत प्रशंसा गरेका छन्”, उनले भने । महाकुम्भमा पुगेर बस्ने र खाने स्थानको खोजीमा भौँतारिने नेपालीलाई यसले राहत पुगेको जनाइएको छ ।

ADVenergy

ताजा खबर

सम्बन्धित खबर

Advertise