२०८१ माघ २० गते आइतवार / Feb 02 , 2025 , Sunday
२०८१ माघ २० गते आइतवार
Ads

कस्तो छ कोशीमा केवलकार बन्दको विवादले निम्त्याएको प्रभाव ?

hardik ivf
मध्यान्ह
२०८१ माघ २० गते ११:३३
कस्तो छ कोशीमा केवलकार बन्दको विवादले निम्त्याएको प्रभाव ?

इटहरीः केबलकार खारेजीको प्रभाव कोशी प्रदेशमा देखिएको छ । आइतबार र सोमबार घोषणा गरिएको बन्दको प्रभावका कारण जनजीवन समेत प्रभावित बनेको छ । बन्दले विशेषगरी यातायातका क्षेत्रमा प्रभाव परेको देखिन्छ । संघर्ष समितिका आन्दोलनकारीहरु सडकमा उत्रिएर ‘केवलकार चाहिँदैन, मुकुलुङको संरक्षण गर, सरकारी दमन अन्त्य गर’ लगायतका नारा लगाइरहेका छन् । 

केबलकार निर्माणका विपक्षमा केबलकार निर्माण खारेजी समिति, मुक्कुमलुङ संयुक्त संघर्ष समिति, प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समिति लगायत संघसंस्था आन्देलनमा उत्रिएका हुन् । जसअनुसार सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र संखुवासभामा आज र भोली बन्दको घोषणा गरिएको हो । त्यसपछि पनि मागको सम्बोधन नभए अनिश्चितकालिन लिम्बुवान आमहड्तालको समेत घोषणा गरिएको छ । 

यता कोशी प्रदेश प्रहरी कार्यालयले भने अप्रिय घटना नहोस् भन्ने हेतुका साथ सुरक्षाकर्मी तैनाथ परिएको अवस्थामा छ । कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले सबै स्थानमा सुरक्षा बढाइएको बताए । प्रहरीका अनुसार कोशी प्रदेशको पश्चिमी जिल्ला उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु तर्फ यातायात संचालन भएपनि कोशी प्रदेशका पूर्वी जिल्लाहरुमा सवारी संचालनमा अवरोध भइरहेको अवस्था रहेको छ । जहाँ प्रहरीले सहजीकरण गरिरहेको छ । 

यता केबलकार खारेजी समितिका संयोजक खगेन्द्र फेम्बू केबलकार बनाउँदा स्थानीय संस्कृति सभ्यता र वातावरण विनाश हुने बताउँछन् । ‘नेपालको संविधान अनुसार जसरी त्यहाँ काम भइरहेको छ । यसले उग्ररुप लियो भने राज्य आन्दोलन त हुन्छ नै’ उनले भने, ‘पाथिभरामा केवलकार कुनै हालतमा बन्न दिइँदैन ।’

पाथिभरा केबलकार कम्पनीले निर्माण प्रक्रिया सुरु गरेदेखि नै धार्मिक सम्पदालाई व्यापारिक केन्द्र बनाउन नहुने पक्षमा विरोध हुँदै आएको र केबलकार बनाउँदा स्थानीय संस्कृति, सभ्यता र वातावरण विनाश हुने उनले बताए । 

ADVenergy

ताजा खबर

सम्बन्धित खबर

Advertise