२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

इटहरीमा कन्या मदरसा स्थापना

Nada
इसत्याक अहमद
२०८१ माघ २० गते १२:२५
Shares
इटहरीमा कन्या मदरसा स्थापना

इटहरी : पकलीस्थित 'मस्जिद कब्रिस्तान संस्था'ले आउँदाे शैक्षिक सत्रदेखि मदरसा इस्लाहुल मुस्लिमिनलाई कन्या मदरसा (बनात)काे रूपमा रूपान्तरण गरी नयाँ ढंगले शैक्षिक कार्यक्रम संचालन गर्ने निर्णय गरेकाे छ । भेलाले मदरसाकाे अध्यक्षमा नुर माेहम्मद हुसैन 'रिजाल'लाई सहमतिद्वारा निर्वाचित गरेकाे छ ।

ncell

नवनिर्वाचित अध्यक्ष रिजालले यस मदरसामा पहिलेदेखि नै सामुदायिक विद्यालयमा पठनपाठन हुने सबै विषयहरू पठनपाठन हुँदै आएका बताए । उनले युग सुहाउँदाे कन्या मदरसाकाे रूपमा रूपान्तरण गर्न सबै प्रयत्न गर्ने बताए ।

भेलाद्वारा मस्जिद तथा कब्रिस्तान संस्थाकाे सुरा कमिटी गठन भएकाे छ । पूर्वमन्त्री माेहम्मद जाकिर हुसैन, डा. खालिद हुसैन (धरान),  माैलाना गुलाम रसुल फलाही (दुहबी), जफिर अहमद (विराटनगर), माेहम्मद जिया हुसैन (विराटनगर), मुस्लिम मियाँ (धरान), हाजी गाेहल मियाँ, हाजी बतहु मियाँ, इसराइल मियाँलाई संस्थाकाे सल्लाहकारसभा सदस्यमा मनाेनयन गरेकाे छ । त्यस्तै, इलाकाका सिंगिया, झुम्का, भराैल, बकलाैरी, इस्लामपुर, जाेदपुर, सेहरा टाेला, लाेकतान्त्रिक बस्ती, बिसनपुर, पकली चाैक, हाँसपाेसा र मजराबाट कम्तीमा १/१ जनालाई मनाेनयन गर्ने निर्णय भएकाे छ ।

मस्जिद तथा कब्रिस्तान संस्थाले मर्कजी जामा मस्जिद पकली, मदरसा इस्लाहुल मुस्लिमिन पकली, मर्कजी कब्रिस्तान कान्छी चोक, मर्कजी इदगाह कान्छी चोक संचालन गर्दै आएकाे छ । 

भेलामा इलाकाभरका मुस्लिम अगुवाहरूकाे उपस्थिति थियाे । 

भेलामा बाेल्दै पूर्वमन्त्री जाकिर हुसैनले यस निर्णयसँगै इटहरी उपमहानगरपालिकामा मदरसा इस्लाहुल मुस्लिमिन पहिलाे कन्या विद्यालय हुने बताएका छन् । यस मदरसाकाे विकास र प्रवर्द्धनका लागि आफू कटिबद्ध रहने उनले बताए ।

भेलालाई सम्बाेधन गर्दै इटहरी उमनपा- १७ का वडा अध्यक्ष प्रभातकुमार आचार्यले भने, 'इटहरी उपमहानगरपालिकाभित्र मेरै वडामा पहिलाे कन्या मदरसा/विद्यालयकाे स्थापना हुनु मेरा लागि अझ खुसीकाे कुरा हाे । यसकाे बाउन्ड्री वाल निर्माणमा मेराे भूमिका रहेझैं यस मदरसाकाे विकासका लागि आउँदाे बजेटमा म केही नयाँ जमर्काे गर्ने छु । याे मेराे प्रतिबद्धता रह्याे । यस बस्तीलाई मैले मेराे आधार इलाका मान्दै आएकाे छु ।'

बैठक संचालनमा रहेका संस्थाका अध्यक्ष माेहम्मद युनुस अहमरले मदरसाकाे इतिहास र औचित्यबारे प्रकाश पारे ।

ताजा खबर

सम्बन्धित खबर