काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख रुपैयाँ घुससहित पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार शाखा अधिकृत प्रसाईंसहित ३ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
केही समयअघि पेन्सनपट्टा बनाइने प्रयोजनार्थ सेवाग्राहीबाट तीन लाख घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले प्रसाईंलाई नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा उनले कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेसमेतको मिलोमतोमा सेवाग्राहीको नियमानुसार पेन्सनपट्टा बनाइदिनका लागि विभिन्न बहाना ३ लाख घुस लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिए ।