काठमाडौं : जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । सहकारीको बचत अपचलन आरोपमा आइतबार प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी कुमारी सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेको म्याग्दी प्रहरीले जानकारी दिएको छ ।
यो सहकारीले बचतकर्ताको करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ ।