२०८१ माघ २० गते आइतवार / Feb 02 , 2025 , Sunday
२०८१ माघ २० गते आइतवार
Ads

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन पेस

hardik ivf
मध्यान्ह
२०८१ माघ २० गते १६:०६
तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस भएको छ ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले उक्त विधेयक पेस गरेकी हुन् । राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयकमा दफाबार छलफलका लागि समितिमा पठाइएको थियो ।

उक्त विधेयकमा २९ जना सांसदले ७१ वटा संशोधन प्रस्ताव गरेका थिए। सभापति दाहालले विधेयकमा संशोधनसहित विज्ञहरूबाट सुझाव लिइएको र विधेयकको उद्देश्य आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि, आँखाका क्षेत्रमा नयाँ प्रविधिको विकास गर्न, गुणस्तरीय सेवा प्रदान गर्ने र सार्वजनिक विश्वविद्यालय सञ्चालन गर्ने रहेको सदनलाई जानकारी गराइन् ।

समितिले यही माघ १५ गते सो विधेयक समितिबाट पारित गरेको थियो । राष्ट्रिय सभा अर्को बैठक यही माघ २४ गते बिहीबार १ः१५ बस्नेछ ।

ADVenergy

सम्बन्धित खबर

Advertise