२०८१ माघ २२ गते मङ्गलवार / Feb 04 , 2025 , Tuesday
२०८१ माघ २२ गते मङ्गलवार
Ads

कोभिडअघि कै लयमा पर्यटक आगमन

hardik ivf
मध्यान्ह
२०८१ माघ २१ गते २१:२८
कोभिडअघि कै लयमा पर्यटक आगमन

काठमाडौं : नेपालमा पर्यटक आगमन कोभिडअघि कै लयमा फर्किएको छ । अग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो महिना जनवरीमा करीब ८० हजार पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार जनवरीमा ७९ हजार ९ सय ९१ विदेशी पर्यटकले हवाइमार्ग हुँदै नेपाल भ्रमण गरेका हुन् । 

२०२४ जनवरीमा ७९ हजार १ सय पर्यटक भित्रिएका थिए । यसरी हेर्दा पर्यटक आगमन अघिल्लो वर्षभन्दा बढेको हो । पर्यटक भित्रिएको यो संख्या कोरोना महामारी पछिकै सबैभन्दा हो । सन् २०१९ को जनवरीमा ८१ हजार २७३ पर्यटक नेपाल भित्रिएका थिए । 

सन् २०२५ को जनवरीमा सबैभन्दा बढी भारतबाट नेपालमा पर्यटक आएका छन् । भारतबाट २० हजार ४ सय ८५ जना नेपाल भ्रमणका लागि आएका हुन् । सोही अवधिमा नेपालमा चीनबाट ८ हजार १९१ जना र अमेरिकाबाट ८ हजार ६३ जना र बंगलादेशबाट ५ हजार ४०६ जना पर्यटक नेपाल आउँदा अष्ट्रेलियाबाट ४ हजार ३०१ जना पर्यटक आएको बोर्डले जनाएको छ ।

तथ्यांकअनुसार क्षेत्रीय हिसाबले जनवरी महिनामा सार्क मुलुकबाट २९ हजार ४८७, अन्य एशियाली मुलुकबाट २० हजार ३९१, युरोपियन मुलुकबाट १० हजार ३६७ र अमेरिकन मुलुकबाट ९ हजार ६३७ जना पर्यटक नेपाल घुम्न आएका थिए ।

त्यस्तै, सो अवधिमा मध्यपूर्वबाट ६८५, अफ्रिकाबाट २९२ र अष्ट्रेलिया र न्यूजिल्यान्डबाट ४ हजार ५८१ जना पर्यटक नेपाल घुम्न आएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise