२०८१ माघ २२ गते मङ्गलवार / Feb 04 , 2025 , Tuesday
२०८१ माघ २२ गते मङ्गलवार
Ads

नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने

hardik ivf
मध्यान्ह
२०८१ माघ २१ गते २१:२९
नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने

काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने भएको छ । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) नाडाको संस्थागत सदस्य हो । वाडाका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र कोइरालाले पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्न नाडाका तर्फबाट आवश्यक सहयोगको लागि नाडा अध्यक्ष करण चौधरीसँग औपचारिक रूपमा आग्रह गरेका थिए ।  

वाडा अटो शो आगामी चैत १३ देखि १७ सम्म पोखरामा हुनेछ । यसका लागि तत्कालै सम्भाव्यता अध्ययन गरी त्यसको सर्वे रिपोर्टको आधारमा अन्य कार्यहरूलाई अघि बढाउने निर्णय गरेको सन्दर्भमा नाडाले मूख्य सल्लाहकारको भूमिका निर्वाह गर्ने भएको छ । नाडाले सन् १९९८ देखि नाडा अटो शो हरेक वर्ष राजधानीमा आयोजना गर्दे आएको सन्दर्भमा १६औँ संस्करणको नाडा अटो शो २०२४ समेत गत भाद्र महिनामा भृकुटीमण्डपमा सम्पन्न गरेको थियो ।

ADVenergy

सम्बन्धित खबर

Advertise