चितवन : नेपालमा डोङफेङ ईभीको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले चितवनमा प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक गरेको छ । आइतबार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष सुमन श्रेष्ठ, युरो अटोमोटिभका प्रबन्ध निर्देशक कपिलसागर कर्माचार्य, एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त, एमएडब्ल्यू वृद्धि मोटर्सका बिक्री प्रमुख राजेन्द्र सिग्देल लगायतले संयुक्त रूपमा नामी ईभी सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड पन्तले नामी ईभीले देशभरका ग्राहकबाट व्यापक स्वीकारोक्ति र प्रशंसा पाइरहेको बताए । उनले गाडी खरिद गर्नु अघि ब्रान्डको विरासत र नेपालमा वितरकको विश्वसनीयता बुझ्नुपर्नेमा जोड दिए । नामी ईभीले आफ्नो सेगमेन्टमा विलासिता र बुद्धिमत्ताको नयाँ मानक स्थापित गरेको कम्पनीको भनाइ छ ।
जहाँ ग्राहकले विभिन्न विशेष अफरको आनन्द लिन सक्नेछन् । यसमा सेरेस र नामी ईभीको खरिदमा निःशुल्क ७ किलोवाट चार्जर, ट्रेड–इनका लागि असाधारण एक्सचेन्ज मूल्य र बोनस एवम् छिटो र सजिलो अन–साइट फाइनान्सिङका विकल्पहरू रहेको कम्पनीले जनाएको छ । सहभागीहरूले प्रत्येक टेस्ट ड्राइभ र सवारी भ्यालुएसनमा उपहारहरू प्राप्त गर्न सक्नेछन् ।
क्याम्पमा हालै लन्च गरिएका नामीसहित नवीनतम डोङफेङ र सेरेस ईभीहरू अन्वेषण गर्न र चितवनमा भइरहेको विद्युतीय सवारी क्रान्तिमा सामेल भई सीमित अवधिका अफरहरूको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।