२०८१ माघ २२ गते मङ्गलवार / Feb 04 , 2025 , Tuesday
२०८१ माघ २२ गते मङ्गलवार
Ads

सिद्धार्थ बैंकद्वारा कालिका माविलाई शैक्षिक सामग्री सहयोग

hardik ivf
मध्यान्ह
२०८१ माघ २१ गते २१:३३
सिद्धार्थ बैंकद्वारा कालिका माविलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले गण्डकी प्रदेशको नवलपुर जिल्ला देवचुली नगरपालिकास्थित कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरेको हो ।

उक्त सामग्री बैंकको दलदले शाखाका शाखा प्रबन्धक त्रिबिक्रम लामिछानेले विद्यालयलाई हस्तान्तरण गरेका थिए । बालबालिकाहरूको शारीरिक र मानसिक विकासका लागि सामाजिक अन्तक्र्रियामा प्रोत्साहित गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले बैंकले उक्त सामग्री रोटरी क्लबको समन्वयमा प्रदान गरेको हो । 

बालबालिकाहरू राष्ट्रका कर्णधार हुन् र राष्ट्रको उज्जवल भविष्य बालबालिकाहरूको समग्र विकासमा निर्भर हुने मान्यताको साथ बैंकले यस कार्यमा सहभागिता जनाएको हो । यस मान्यतासँगै, बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बाल अस्पताल निर्माणलाई सहयोग, विपन्न बालबालिकाहरूका लागि छात्रवृत्ति जस्ता कार्यहरूमा योगदान प्रदान गरिसकेको छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise