२०८२ जेठ ३ गते शनिवार / May 17 , 2025 , Saturday
२०८२ जेठ ३ गते शनिवार
Ads

कुमारी बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न

मध्यान्ह
२०८१ माघ २१ गते २१:३६
कुमारी बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं : कुमारी बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबारका दिन काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको साधारण सभा सम्पन्न भएको हो । 

सो सभाबाट सामान्य प्रस्तावको रूपमा पेश गरिएको आव ०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आव ०८०/८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आव ०८१/८२ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित भएको छ ।

बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरूमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

ADV

सम्बन्धित खबर