काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सले समता फाउण्डेसनलाई आर्थिक सहयोग गरेको छ । कम्पनीले फाउन्डेसनलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच लाख रूपैयाँ आर्थिक सहायता प्रदान गरेको हो ।
उक्त सहयोग फाउण्डेसनमा अध्यनरत विधार्थीहरूको शिक्षातर्फ खर्च हुने जनाइएको छ । एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले उक्त रकम फाउण्डेसनका प्रतिनिधि दीपक बस्नेतलाई हस्तान्तरण गरे ।
सबैका लागी शिक्षा सहज र सुलभ बनाउन समर्पित समता फाउण्डेसन लाई दिएको यस योगदानले विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ । कम्पनीले १३९ शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दे आईरहेको छ ।
शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।