काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले बिजनेश रिभ्यू मिटिङ चितवनको सिराइचुली होटेलमा सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष रतनलाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेको उपस्थितिमा उक्त कार्यक्रम माघ २० मा सो मिटङ सम्पन्न भएको हो ।
यसैगरी, कार्यक्रममा कम्पनीका वरिष्ठ नायब कार्यकारी अधिकृत राकेश पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेललगायत व्यापार अधिकृतहरू, रिजनल म्यानेजरहरू, एरिया म्यनेजरहरू, शाखा प्रबन्धकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले कर्मचारीहरू कम्पनीका गहना र निधि भएकाले कम्पनीको सफलता पनि उनीहरूले गर्ने कार्य र योगदानमा निर्भर रहने बताए । कर्मचारीहरू आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केर थप मेहनत गर्नुपर्ने र सो कुराले हामीलाई प्रतिस्पर्धात्मक बजारमा अग्रस्थानमा स्थापित गराउन मद्दत पुराउने कुरा उल्लेख गरे ।
सफलता सुनिश्चित गर्न सिकेका कुराहरूलाई व्यवहारमा इमान्दारीतापूर्वक उतार्नु आवश्यक रहेको जानकारी प्रदान गरे । साथै कार्यक्रममा आव ०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने क्षेत्रीय प्रबन्धकहरू, एरिया म्यानेजरहरू र शाखा तथा उप–शाखाका प्रबन्धकहरूलाई सम्मान गरिएको थियो ।