२०८१ माघ २४ गते बिहिवार / Feb 06 , 2025 , Thursday
२०८१ माघ २४ गते बिहिवार
Ads

नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथबीच व्यावसायिक सहकार्य सम्झौता

hardik ivf
मध्यान्ह
२०८१ माघ २३ गते २१:५२
नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथबीच व्यावसायिक सहकार्य सम्झौता

काठमाडौं : नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बीमा व्यवसाय सहकार्यसम्बन्धी सम्झौता भएको छ । बीमा व्यवसायका विषयमा बैंकको केन्द्रीय कार्यालय समझदारी भएको हो । समझदारी पत्रमा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) समीरशेखर बज्राचार्य र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र रिमालले हस्ताक्षर गरेका हुन् ।

सीईओ रिमालले यस सहकार्यले निर्जीवन लघु बीमा सेवाहरू विस्तार गर्न नयाँ सम्भावनाहरू खोल्ने उल्लेख गर्दै व्यक्तिहरू र साना व्यवसायहरूलाई अप्रत्याशित जोखिमबाट जोगाउन सहयोग पुग्ने बताए । साथै, उनले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको लघु बीमाको अनुभव र मुक्तिनाथ विकास बैंकको बैंकिङ पहुँचलाई समाहित गरेर सीमान्तकृत लगायत समुदायलाई सशक्त बनाउने लक्ष्य लिएको उल्लेख गरेका छन् ।

सम्झौता कार्यक्रममा बोल्दै डीसीईओ बज्राचार्यले उक्त साझेदारी व्यवसायका लागि मात्र नभई नवीन कार्य र प्रभावका लागि भएको बताए । यसका साथै उनले कम आय भएका मानिसहरूको वित्तीय चुनौतीहरूको समाधान गर्ने ग्राहक केन्द्रित उत्पादनहरू विकास गर्ने प्रतिबद्धता जाहेर गरे । यसले दिगो विकासलाई टेवा पुर्‍याउने उनको दाबी छ ।

यसैगरी, सीईओ रिजालले सहकार्यबाट नवीन उत्पादनहरूको विकास, संयुक्त बजारीकरण पहलको प्रवद्र्धन र सेवा प्रवाहलाई सरल बनाउन खोजिएको उल्लेख गरे । जसले लघु बीमा सम्बन्धी वित्तीय समाधानहरूको सहज पहुँच सुनिश्चित गर्ने उनको भनाइ छ । कार्यक्रममा इन्स्योरेन्सका डीसीईओ अनिलराज गिरी, प्रमुख विकास अधिकृत मनोजकुमार चौधरी र विकास बैंकका ट्रान्जेक्सन हेड राजेन्द्र पाण्डेको समेत उपस्थिति रहेको थियो ।

ADVenergy

सम्बन्धित खबर

Advertise